
कुरिनटार : चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ पुन : विजयी हुनुभएको छ । गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी एमालेका चेपाङले ६८३ र पराजित गठबन्धनका बुढाथोकीले ५१४ मत प्राप्त गर्नुभएको छ । यस अघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्च बहादुर चेपाङ वडाध्यक्षमा विजयी हुनुभएको थियो ।
यसैबिच वडा सदस्यहरुमा नेकपा एमालेकै उम्मेद्वारहरु विजयी भएका छन् ।