कुरिनटार- इच्छाकामना गाउँपालिकामा चुनावी सर्गर्मी बढ्दै गर्दा एक अर्का माथी आरोप लगाउने क्रम पनि बढेको छ। यसै बिचमा नेकपा एमालेका अध्यक्ष उम्मेद्बारले गाउँपालिकामा एक इन्चपनी सडक पिच नभएको भनी लगाइएको आरोपको पाचदलिय गठबन्धनका अध्यक्ष उम्मेद्बार तथा भुतपुर्व गाउँपालिका अध्यक्षले खण्डन गर्नु भएको छ। अध्यक्ष पदका उम्मेद्बार गिताकुमारी गुरुङले २०७४ सालको स्थानियतहको निर्वाचन पछि आफू पालिका प्रमुख भएर आए पछि इच्छाकामना गाउपालिकामा आफुले लिगेको लक्ष्य अनुसार सडक सुधार गर्न नसकेको भएपनी अनुपातमा अन्य स्थानिय तहले भन्दा धेरै सुधार गरेको बताउनु भएको हो। उहाले भन्नू भो आरोप जे पनि लगाउन पाइन्छ तर चुनाव जित्नकै लागि तथ्य बिपरित नबोलिदिन बरु सम्बन्धित निकायबाट तथ्यांक सुरक्षित रहेकोले तथ्यांकको तथ्य अनुसार बोल्न अनुरोध गर्नु भएको हो। त्यही प्रसंगमा गुरुङले आफ्नो प्रतिद्वन्दीले भने जस्तो एक इन्च पनि सडक पिच नभएको होइन सोचे अनुरुप नभएपनी थालनी भएको छ। ५ बर्षमा गाउँपालिका भित्रको करिव ५ किलोमिटर सडक पिच भएको छ। करिव ५.५ किमि सडक ढलान गरि पक्की बनाइएको छ भने ६६ किलोमिटर सडकमा ग्रावेल गरिएको छ। पहिले सडकले नजोडिएको क्षेत्रमा करिव ३८२ किलोमिटर नया ट्र्याक खोली जनताको घर घरमा सडक संजालले जोडिएको समेत उहाले बताउनु भएको छ।