जन्मघरकी सुन्दरी परीतीमी जाँदैछौं पराइ घर।

बाबा आमाको काखमा हुर्कि बदलियो गोत्र थर।

कस्ता छन् सासु ससुरा तिम्रा नन्द अनि देवर ।

झटपट कामधन्दा सक्नु घरको उठ्नुपर्छ सबेर।

दर्शन गर्नु श्रीमानको बिहान सक्दामा रोज रोज।

आफूभन्दा मान्यजनको ढोग गरे अनि त सोज खोज।

नझुक कहिल्यै शिर उच्चो गरी बोली बचन मिठास।

मेला पात घाँस दाउरा जाँदा होला तिमीलाई सकस।

भान्सामा गर्नु सफाई बहुत बस्नेछ अनि राम्रो बानी।

खानपानमा ध्यान दिनु सधैं छोरी स्वास्थ्य हुनेछ अनी।

सानो तिनो कुरामा नगर्नु झगडा सहेर सानो हुन्न है।

घरका कुरा छिमेकीलाई नभन्नु मनमा लिइ बस है।

माइतमा छन् तिम्रा बाबु आमा परीवार छन् कुलिन।

दुःख कष्ट खपेर‌ बस छोरी आउनेछ पक्कै सुदिन ।

ठुला छन् नि परीवार यि घरमा खानलाई सधैं गाह्रो ।

भनेको जस्तो यो तन ढाक्नलाइ पर्दैछ मलाई साह्रो।

श्रीमान छन् बिदेशमा बेला बखत चाडबाडमा आउने।

भयो धेरै बशन्त पार अझै कति दशक हो बिताउने ।

धेरै गन्थन नगर है पियारी आउनेछु अब छिट्टै घरमा।

सानो छ परीवार मिठो मसिनो खायर बस्ने साथमा।

रामजी त्रिपाठी

इच्छाकामना ४ कुरिनटार (चितवन )