Banner News

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने
तनहुँ, ३० जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर रातिको समय...

जिल्ला समन्वय समिती चितवन प्रमुखमा इच्छाकामनाका अधिकारी सहित दुई जनाको उम्मेद्बारी।

जिल्ला समन्वय समिती चितवन प्रमुखमा इच्छाकामनाका अधिकारी सहित दुई जनाको उम्मेद्बारी।
जिल्ला समन्वय समिति चितवनको उपप्रमुखमा सत्तारुढ ५ दलीय गठबन्धनकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् । यो पदमा उनको मात्रै उमेदवारी परेपछि निर्विरोध भएकी हुन । सापकोटा नेकपा एकीकृत समाजवादीकी नेतृ हुन । जिससको उपप्रमुख बाहेक प्रमुखसहितका पदमा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा एमालेबाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...

‘सीमित स्रोत, साधनबिच सशस्त्र प्रहरीको कार्य उत्कृष्ट’ : गृहमन्त्री खाँण

‘सीमित स्रोत, साधनबिच सशस्त्र प्रहरीको कार्य उत्कृष्ट’ : गृहमन्त्री खाँण
मुग्लिन  :  गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधनबिच पनि सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताउनुभएको छ । चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आज गोताखोर तालिमको समापन कार्यक्रममा उहाँले सीमित स्रोत, साधनबिच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताउनुभएको हो । उहाँले आवश्यक स्रोत साधनका साथै प्रशिक्षकलाई थप सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताउ...

द्धन्द्धप्रभावित महिलाका मुद्धालाई वडातहमै बजेट छुट्याउन वडाध्यक्षहरु प्रतिवद्ध

द्धन्द्धप्रभावित महिलाका मुद्धालाई वडातहमै बजेट छुट्याउन वडाध्यक्षहरु प्रतिवद्ध
द्धन्द्धप्रभावित महिलाका मुद्धालाई वडातहमै बजेट छुट्याउन वडाध्यक्षहरु प्रतिवद्ध जेठ २७, भरतपुर । द्धन्द्धप्रभावित महिलाहरुले द्धन्द्धकालिन महिलाका मुद्धालाई प्रमुख प्राथमिकतामा राखेर सम्बोधन गर्न माग गरेका छन् । आदर्श नारी विकास केन्द्रले द्धन्द्धप्रभावित महिलाको सवालमा जनप्रतिनिधिसंग गरेको अन्तरक्रिया कार्यक्रममा प्रभावित महिलाहरुले स्थानीय तहले विशेष प्राथमिकताका साथ बजेट छुट्याएर कार्यान्वयन गर्नु माग गरे । द्धन्द्धका बेला राज्य र विद्रोही दुवै पक्षबाट विभिन्न प्रकारको ह...

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा साना गाडी मात्रै चल्‍ने

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा साना गाडी मात्रै चल्‍ने
तनहुँ :  मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालन हुने भएका छन् । ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।   आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।

पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु
कुरिनटार :  बर्षासगैँ पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्ड सुचारु भएको छ । गएराती ९ :  ५ बजे चितवनको इच्छाकामना ६ तोपे खोलामा माथीबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पञ्छाई १ : ३० बजेबाट सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

संस्थागत र सामुदायिक विद्यालयहरुमा  हुने विभेदको अन्त्य गर्नुपर्छ : उप्रमुख  अधिकारी 

संस्थागत र सामुदायिक विद्यालयहरुमा  हुने विभेदको अन्त्य गर्नुपर्छ : उप्रमुख  अधिकारी 
आशिष अधिकारी  चितवन, २७ जेठ । भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सस्थागत र सामुदायिक बिद्यालयहरुमाथिको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ ।  सस्थागत र सामुदायिक बिद्यालयहरुमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका छन, ती बिभेदहरुको तत्काल अन्त्य हुन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो । भरतपुर माहानगर प्याब्सनले आज भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सस्थागत र सामुदायिक बिधालयहरुम हुने गरेका ...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध
मुग्लिन :  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तोपे खोलामा आज विहान ८ः४५ बजे सुख्खा पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार राति खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड बिहिबार दिउँसोबाट संचालनमा आएको थियो ।

मौवाखोलामा जाममा रहेको बसले किच्दा सोही बसका सहचालकको ज्यान गयो।

मौवाखोलामा जाममा रहेको बसले किच्दा सोही बसका सहचालकको ज्यान गयो।
कुरिनटार-पृथ्वी राजमार्ग गाउँपालिका–३ मौवाखोलामा शुक्रबार बिहान साढे तीन बजेतिर बा ५ ख ७८४३ नम्बरको बसले किचेर सोही बसका सहचालक  जनकबहादुर दाहालको ज्यान गएको छ                                                                                                   नेपाल –भारत मैत्री बस सेवाको सो बस काठमाडौंबाट भारतको सिलीगुढीतर्फ जाँदै गर्दा पहिरोका कारण जाममा फसेको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको र शव पोस्टमार्टका लागि भरतपुरको सरकारी अस्पतालमा ल्याएको चितवन जिल्ला प्...

मौवाखोला नजिकै नेपाल भारत मैत्री बसको ठक्करबाट सहचालकको मृत्यु

मौवाखोला नजिकै नेपाल भारत मैत्री बसको ठक्करबाट सहचालकको मृत्यु
कुरिनटार :  बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोला नजिकै काठमाण्डौबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले शुक्रबार विहान ४ बजे सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने बर्ष २३ को जनक दाहाललाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यू भएको हो । शवलाई पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । बस र चालक इलाका ...