Banner News

मनकामनाको फुलवारी रिसोर्टमा कुक मृत फेला

मनकामनाको फुलवारी रिसोर्टमा  कुक मृत फेला
मनकामना ,३ असार । गोरखाको मनकामना स्थित एक होटलमा काम गर्ने कुक मृत भेटिएका छन् । शहीदलखन गाउँपालिका ३ स्थित मनकामनाको फुलवारी रिसोर्टमा  काम गर्दै आएका काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका ५ घर भएका २१ वर्षिय रामहरी गौतम मृत भेटिएका हुन् । बिहिवार राती खाना खाएर सुतेका उनी बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।    

पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलो भूमिका हुन्छ : उपप्रमुख अधिकारी

पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलो भूमिका  हुन्छ  :  उपप्रमुख अधिकारी
आशिष अधिकारी असार,२ भरतपुर ।   भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका रहने बताउनु भएको छ । देशलाई आर्थिक रूपमा बलियो बनाउन नीजि क्षेत्रको ठुलो भूमिका हुने भन्दै उप प्रमुख अधिकारीले होटल र पर्यटनको विकास गरेर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकेमा देशमा देखिएको आर्थिक सङ्कटको समाधान गर्न सकिने बताउनुभयो । भरतपुर महानगरपालिका द्वारा आयोजित २१ दिने कुकिङ तथा बेकिङ तालिमको आज भरतपुमा उद्वघाटन गर्द...

सफल व्यवसायी ‘मनकामना दर्शन प्रालिका निर्देशक राजेशबावु श्रेष्ठलाई अस्ट्रिया सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवी

सफल व्यवसायी ‘मनकामना दर्शन प्रालिका निर्देशक राजेशबावु श्रेष्ठलाई अस्ट्रिया सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवी
कुरिनटार :  गोरखाका सफल ब्यवसायी राजेशबावु श्रेष्ठ अस्ट्रियाली सरकारबाट मान पदवीका लागि छनोट हुनुभएको छ । श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवी’ बाट अस्ट्रियाली सरकारले उहाँलाई सम्मान गर्ने भएको हो । नेपाल कै सफल ब्यवसायी मध्येका एक श्रेष्ठले बिगत २ दशक भन्दा धेरै समयदेखी केबुलकार समेत सञ्चालन गर्दै आएको छ । नेपालकै पहिलो केबुलकार मानिएको ‘मनकामना दर्शन प्रालिका निर्देशक समेत रहेका श्रेष्ठलाई अष्ट्रलियामा नै उक्त पदबाट सम्मानित गरिने भएको हो । समाजसेवी समेत रहेका श...

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता
गोरखा :  भूम्लिचोकमा  खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बुधबार परेको अबिरल बर्षा पछि गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले  बगाउदाँ  स्थानिय सोम बहादुर मगरका छोरा   २१ बर्षिय बिशेष मगर बेपत्ता भएका हुन् । बाढी बगाए लगत्तै स्थानियले हिजैदेखी उनको खोजी कार्य गरेको भएता पनि आजसम्म पनि फेला नपरेको गण्डकी गाउँपालिका अध्यक्ष साकार तिमिल्सीनाले जानकारी दिनुभयो ।

मुग्लिन–आँबुखैरेनी सडकको पुलबाट टिपर खस्दा चालकको मृत्यु

मुग्लिन–आँबुखैरेनी सडकको पुलबाट टिपर खस्दा चालकको मृत्यु
मुग्लिन :  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन– आँबुखैरेनी सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। तनहुँको आदुँखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै रुवाखोलाको पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो। चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । । मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिप...

अवरुद्ध पृथ्वीराजमार्गको मुग्लिन–कुरिनटार सडक सुचारु

अवरुद्ध पृथ्वीराजमार्गको मुग्लिन–कुरिनटार सडक सुचारु
कुरिनटार : पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बर्षासगैँ पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ घोप्टेभीरमा दिउँसो २ बजे पहिरो खसेपछि मुग्लिन – कुरिनटार सडकखण्ड दुईतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पञ्छाएर सडक दुइतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तस्बिर सौजन्य :  मुग्लिन बजार फेसबुक

घोप्टेभीरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

घोप्टेभीरमा  पहिरो  :  पृथ्वीराजमार्ग अवरुद्ध
कुरिनटार  : पहिरोका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–कुरिनटार सडक अवरुद्ध बनेको छ। । बर्षासगैँ चितवनको इच्छाकामना ४ घोप्टेभीरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पञ्छाउनका लागि सडकसंग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बर्षा लागेसगैँ उक्त स्थानमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुदैँ आएको छ । फाइल फोटो

सर्वशान्ति माविको स्वास्थ्य इकाइद्धारा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी र सचेतना कार्यक्रम

सर्वशान्ति माविको स्वास्थ्य इकाइद्धारा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी र सचेतना कार्यक्रम
कुरिनटार : सर्वशान्ति मावि इच्छाकामना ४ कुरिनटारको विद्यालय स्वास्थ्य इकाइले सामुदायमा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु पनि विद्यालयले सञ्चालन गर्नुपर्ने नितिगत व्यवस्था अनुसार आज यस विद्यालयको सेवा क्षेत्रभित्र पर्ने कुरिनटारको खैरेनीटार इलाकामा सामुदायमा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी र सचेतना कार्यक्रम गरिएको शिक्षक सुजन सापकोटाले जानकारी दिनुभयो । का...

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामनाका अधिकारी निर्वाचित

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामनाका अधिकारी निर्वाचित
चितवन :  जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । दुवै उम्मेद्वारले ७/७ मत ल्याउनुभएको थियो । जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । पाँच दलीय गठबन्धनबाट प्रमु...

नारायणगढ –मुग्लिन सडक दुइतर्फी सुचारु

नारायणगढ –मुग्लिन सडक दुइतर्फी सुचारु
कुरिनटार  :  पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु भएको छ । बर्षासगैँ गएराती १२ :  ४५ बजे चितवनको इच्छाकामना ६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए । अहिले बिहान पहिरो पञ्छाई दुइतर्फी सवारी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।