आशिष अधिकारी
चितवन, २७ जेठ । भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सस्थागत र सामुदायिक बिद्यालयहरुमाथिको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ । सस्थागत र सामुदायिक बिद्यालयहरुमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका छन, ती बिभेदहरुको तत्काल अन्त्य हुन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो ।
भरतपुर माहानगर प्याब्सनले आज भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सस्थागत र सामुदायिक बिधालयहरुम हुने गरेका विविध बिभेदहरुको अन्त्य गर्न आफुले सक्दो सहयोग गर्ने पनि बताउनु भयो । उहाँले देश आत्मनिर्भर बन्न गुणस्तरिय शिक्षाको आबश्यकता रहेको पनि बताउनु भयो । शिक्षा बिना देशको भबिस्य अन्धकार छ अधिकारीले भन्नू भयो,एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई सुधार्न पनि शिक्षा आबश्यक छ । उप प्रमुख अधिकारीले मानव जिबनसग शिक्षाको सम्बन्ध जोडिएको पनि बताउनु भयो । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ उप प्रमुख अधिकारीले भन्नू भयो ।
हाल भरतपुर माहानगरपालिकामा प्याब्सन अन्तर्गत ८६ वटा बिधालय र अन्य ८ वटा निजि स्तरबाट सचालित बिधालयहरु सचालनमा रहेका छन । भरतपुर माहानगरपालिका भित्र करिब ९४ वटा सस्थागत बिधालयमा करिब ६० हजार विद्यार्थीहरु अध्ययनरत छन । भरतपुर माहानगर प्याब्सनले दिएको जानकारी अनुसार ६ हजार विद्यार्थीले छात्रवृत्तिमा निशुल्क पढिरहेका छन भने ४ हजार शिक्षक कर्मचारीले रोजगारी पाएका छन ।
कार्यक्रममा प्याब्सन भरतपुर माहानगरका अध्यक्ष लेखनाथ खनाल,प्याब्सन भरतपुरका सल्लाहकार श्रीप्रसाद ढुङगना,प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा,सस्थागत बिधालय अर्गनाइजेसन संघ भरतपुरका अध्यक्ष भोजराज न्यौपाने, सस्थागत बिधालय शिक्षक युनियन चितवनका अध्यक्ष जनकराज घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियोे ।