Banner News

पृथ्वीराजमार्गको आँबुखैरनी ४ ड्यामनजिकै सडक भासिदाँ यातायात अवरुद्ध

पृथ्वीराजमार्गको आँबुखैरनी ४ ड्यामनजिकै सडक भासिदाँ यातायात अवरुद्ध
आँबुखैरेनी :  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरील...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो
काठमाडौं ः सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको हो। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यसअघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो। स...

अनियाल परियारको हत्या गरेको आरोपमा तीन जना पक्राउ

अनियाल परियारको हत्या गरेको आरोपमा तीन जना पक्राउ
चितवन  : चितवनका अनिल परियारको हत्याआरोप लागेका तीन जना पक्राउ परेका छन् । मृतकको आफन्तबाट परेको किटानी जाहेरीको आधारमा प्रहरीले उनिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरुमा भरतपुर महनागरपालिका वडा नं १५ बस्ने अन्दाजी बर्ष ३५ को बिश्व भन्ने हेमन्त बास्तोला , भरतपुर महनागरपालिका वडा नं १२ बस्ने बर्ष २३ को राहुल पारियार र माडी नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने बर्ष २५ को रोहित सिलवाललाई पक्राउ गरेका हुन् । परियार र सिलवा...

अवरुद्ध मुग्लिन– नौविसे र नारायणगढ –मुग्लिन सडक सुचारु

अवरुद्ध मुग्लिन– नौविसे र नारायणगढ –मुग्लिन सडक सुचारु
कुरिनटार :  पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुइतर्फी सुचारु भएको छ । अविरल बर्षासगैँ पृथ्वीराजमार्गको नौविसे–मुग्लिन सडक अन्तरगत अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा गएराती पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेका थिए । अहिले १२ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । बिहिबार बिहानैदेखि पहिरो पञ्छाउन सुरु गरेका थिए । प्रवक्ता अधिकारीका अनुसार नारायणगढ –मुग्लिन सडक पनि दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको इ...

वातावरण सफा र फोहोरको ब्यबस्थापन नभए सम्म बिकासको लहर नाआउने- भ.म.न.पा उपमेयर अधिकार

वातावरण सफा र फोहोरको ब्यबस्थापन नभए सम्म बिकासको लहर नाआउने- भ.म.न.पा उपमेयर अधिकार
आशिष अधिकारी / भरतपुर जेठ २६ भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले बाताबरण सफा नभए सम्म र फोहोरको उचित ब्यबस्थापन नभए सम्म बिकासको लहर नआउने बताउनु भएको छ । उप प्रमुख अधिकारीले बर्षमा सात दिन मात्र नभई तीन सय पैसठि दिनै बाताबरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । भरतपुर माहानगरले बिहिवार आयोजना गरेको बिश्व बाताबरण दिबसको सप्ताहब्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अधिकारीले बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने बताउनु ...

नारायणगढ– मुग्लिन र मुग्लिन- नौबिसे सडक अवरुद्ध

नारायणगढ– मुग्लिन र मुग्लिन- नौबिसे सडक अवरुद्ध
कुरिनटार :  बर्षासंगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा विहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय चितनले जनएको छ। अहिले बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिनुभयो । यस्तै पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना ४ स्थित नाग्दिखोलामा राती करिब ११ः१५ बजे पहिरो खसेको क...

सर्वशान्ति माध्यमिक बिद्यालयको स्कुल बस खरिद गर्न अमेरिकाबाट सहयोग

सर्वशान्ति माध्यमिक बिद्यालयको स्कुल बस खरिद गर्न अमेरिकाबाट सहयोग
कुरिनटार-  इच्छाकामना ४ कुरिनटारमा रहेको अगृण शैक्षिक संस्था सर्व शान्ति माध्यमिक विद्यालय कुरिनटारको लागि स्कुल बस खरिद गर्न अमेरिका निवासी प्रवासी नेपाली हरुले आर्थिक सहयोग गरेका छन।                                                                                                                                                               सर्व शान्ति माध्यमिक विद्यालयमा विद्यालय बस सञ्चालनार्थ अर्थ संकलन अभियान अन्तर्गत इच्छाकामना ३ कुरिनघाट (हाल अमेरिका) निवासी श्री ध्रुब ...

जीप र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

जीप र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु
धादिङ :  गल्छी गाउँपालिका–७, भल्टारमा जीप र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जीपचालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा गल्छीस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीचौकी गल्छीले जनाएको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना५च २६८३ नम्बरको जीप ओभरटेक गरेर अगाडि जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना७...

अब असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

अब असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने
  काठमाडौं : सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि उक्त समयमा सडक खन्न रोक लगाएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार देखि २०७९ भदौ...

मौसम : आज अधिकांश भू–भागमा वर्षाको सम्भावना

मौसम :  आज अधिकांश भू–भागमा वर्षाको सम्भावना
काठमाडौं,२५जेठ । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्र्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा तथ...