कुरिनटार-पृथ्वी राजमार्ग गाउँपालिका–३ मौवाखोलामा शुक्रबार बिहान साढे तीन बजेतिर बा ५ ख ७८४३ नम्बरको बसले किचेर सोही बसका सहचालक जनकबहादुर दाहालको ज्यान गएको छ नेपाल –भारत मैत्री बस सेवाको सो बस काठमाडौंबाट भारतको सिलीगुढीतर्फ जाँदै गर्दा पहिरोका कारण जाममा फसेको थियो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको र शव पोस्टमार्टका लागि भरतपुरको सरकारी अस्पतालमा ल्याएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डस्एसपी नरहरि अधिकारीले बताए । बस र चालकलाई मुग्लिनको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।