Banner News

याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
तनहुँ  :  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उहाँले बताउनुभयो ।

श्रीमतीको हत्या गरि घरको छतबाट हामफालेर भाग्ने क्रममा लडेर श्रीमानको पनि मृत्यु

श्रीमतीको हत्या गरि घरको छतबाट हामफालेर भाग्ने क्रममा लडेर श्रीमानको पनि मृत्यु
चितवन :  चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती अन्दाजी १० ः २५ बजेको समयमा भरतपुर महानगरपालिका १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृण्ण प्रसाद आचार्यले श्रीमती बर्ष ३५ की रुष्मा आचार्यको धारिलो हरितयार प्रयोग गरि हत्या गरेका हुन् । घरायसी बिबादका कारण आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी आचार्यको उपचारको लागी पुरानो मेडिकल कलेज लगिएकोमा १० ः ४० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय...

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
चितवन :  मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू– भागका केही स्थानहरूमा र अन्य भू– भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एकाबिहानै ४.७ रेक्टरको परकम्प

एकाबिहानै ४.७ रेक्टरको परकम्प
काठमाण्डौ :  आज बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

नेपाल प्रेस युनियनको उपाध्यक्षमा नकुल अर्याल विजयी ।

नेपाल प्रेस युनियनको उपाध्यक्षमा नकुल अर्याल विजयी ।
चितवन-  नेपाल प्रेस युनियनको उपाध्यक्षमा संस्थापनइतरका शिव लम्सालको प्यानलबाट चुनावी मैदानमा रहेका चितवन बाट पत्रकारिता सुरुवात गरेका नकुल अर्याल विजयी भएका छन् । दुई जना खुला उपाध्यक्षका लागि भएको निर्वाचनमा अर्याल सर्वाधिक मतसहित विजयी भएका हुन् ।अर्यालसँगै खुला उपाध्यक्षमा संस्थापन पक्षका भिष्मराज ओझा पनि विजयी भएका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका अर्याल प्रेस युनियनको काठमाडौं जिल्ला अध्यक्ष समेत रहिसकेका छन् । अध्यक्ष...

रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु
चितवन  : रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु भएको छ । प्रहरी चौकी जुगेडीका अनुसार गएराती १२ :  ५० बजेको समयमा भरतपुर २९ घुमाउनेमा सडकमाथिबाट सालको रुख ढली सडक दुइतर्फी अवरोध बनेका थिए । बन कार्यालय र सडक डिभिजन कार्यालयसंग समन्वय गरी रुख हटाई सडक दुइतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ ।

आज मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आज  मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ  :  हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित ...

सिजी फुड प्राइभेट लिमिटेडको बदमासी , रियो जुसमा भेटियो अखाध्य पदार्थ

सिजी फुड प्राइभेट लिमिटेडको बदमासी , रियो जुसमा भेटियो अखाध्य पदार्थ
कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटार निवासी भविश्वर गुरुङले स्थानिय  त्रिपाठी  किराना पसलबाट छोराहरुका लागि दुई वटा रियो जुस किनेर घरमा लगे । छोराहरुले जुस खादाँ एउटा जुसमा अखाध्य बस्तु भेटिएयोे । छोराले स्वाद फरक आएको भनेपछि आफुले टेष्ट गर्दा गन्हाएपछि जुस गिलासमा खन्याउँदा जुसमा कमिला भेटिएको समेत भविश्वरका श्रमती सुनिता गुरुङले बताईन् । छोराले वान्ता समेत गरेको उनले बताइन् । जुस सडिएको र नाली जस्तै गन्हाएपछि उनले किनेको किराना पसलमा देखाए । पसलका प्रोपाइटरले यो विषयमा...

पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुइतर्फी सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुइतर्फी सुचारु
मुग्लिन, ७ साउन । पहिरोका कारण नारायणगढ – मुग्लिन सडक अवरुद्ध दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै खहरेखोलामा आज विहान ८ बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेकोथियो । अहिले पहिरो पञ्छाई सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामनामा जग्गा नाप नक्साङ्कन कार्य सुरु

चितवनको इच्छाकामनामा जग्गा नाप नक्साङ्कन कार्य सुरु
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु भएको छ । संघिय सांसद कृष्णभक्त पोखरेलको प्रमुख अतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा वडा नम्बर ७ भालुमाराबाट शुक्रबारदेखि नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो । राष्ट्रिय भूमि आयोग संगको समन्वय र सहकार्यमा भूमिहिन दलित, भूमिहिन सुकुम्बा...