चितवन : चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती अन्दाजी १० ः २५ बजेको समयमा भरतपुर महानगरपालिका १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृण्ण प्रसाद आचार्यले श्रीमती बर्ष ३५ की रुष्मा आचार्यको धारिलो हरितयार प्रयोग गरि हत्या गरेका हुन् । घरायसी बिबादका कारण आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी आचार्यको उपचारको लागी पुरानो मेडिकल कलेज लगिएकोमा १० ः ४० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने श्रीमानको पनि घरको छतबाट हाम फाल्दा मृत्यु भएको छ। हाम फाली भाग्न खोज्दा गम्भीर घाइते भई उपचारको लागी नयाँ मेडिकल लगिएकोमा श्रीमान कृष्ण प्रसाद आचार्यको समेत उपचारको क्रममा राती ११ बजेको समयमा मृत्यु भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ