Banner News

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु
चितवन :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाई दुइतर्फी सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फी अबरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फी अबरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने कामका लागि पहल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

इच्छाकामनामा नेपाल सितिरियो कराते संघ को अध्यक्षमा पवन गुरुङ

इच्छाकामनामा नेपाल सितिरियो कराते संघ को अध्यक्षमा   पवन गुरुङ
कुरिनटार :  चितवनको इच्छाकामनामा नेपाल सितिरियो कराते संघ गठन गरेका छन् । पवन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नेपाल सितिरियो कराते संघ इच्छाकामना गठन गरेका हुन् । संघको सचिवमा विकास चेपाङ,कोषाध्यक्षमा सुमित्रा प्रजा चयन हुनुभएको छ ।अन्य सदस्यहरुमा हिमाल कुँवर, जगत गुरुङ, अभिषेक गुरुङ,नविन गुरुङ, सुक बहादुर गुरुङ, कुसुम भुजेल, टक बहादुर गुरुङ, ,टक बहादुर राना मगर, नविन गुरुङ र सुजन आले मगर रहेका छन् । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रता...

अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सुचारु

अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी  सुचारु
कुरिनटार :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति साढे २ बजे चितवनको भरतपुर २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोला पुल नजिकै) बर्षाको कारण माथी बाट पुन ः लेदो सहितको पहिरो झरी बाटो दुबै तर्फ अवरुद्ध बनेका थिए । पहिरो पञ्छाएर विहान ९ :  १० बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । । माथीबाट झरेको लेदोमा फस्न ...

मुग्लिन – नारायणगढ सडक पुनः अबरुद्ध

मुग्लिन – नारायणगढ सडक पुनः अबरुद्ध
कुरिनटार :  २३ घण्टा पछि गएराति १० बजेबाट सुचारु भएको मुग्लिन –नारायणगढ सडकखण्ड पुनः अबरुद्ध भएको छ । राति साढे २ बजे चितवनको भरतपुर २९ नारायणगढ -मुग्लिन सडक खण्डको केरावारी (मौरी खोला पुल नजिकै) बर्षाको कारण माथी बाट लेदो सहितको पहिरो झरी बाटो दुबै तर्फ अवरोध भएको छ । माथीबाट झरेको लेदोमा फस्न गई नारायणगढ बाट मुग्लिन तर्फ जाँदै गरेको ईण्डियन मिनी ट्रक समेत पछाडीको चक्का सामान्य रुपमा पुरिएको छ । अबरुद्ध सडक खुलाउने पहल भैरहेको चितवन प्रहरीले जनाएको छ ।

मनकामना केबलकार ६ हप्ता सम्म बन्द गरिने

मनकामना केबलकार  ६ हप्ता सम्म बन्द गरिने
कुरिनटार : मनकामना केबलकारले अर्को साता (साउन २३) बाट एक महिना भन्दा बढीका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ । स्तरोन्नतिको कामका लागि बन्द गरिने भएको हो । एक सुचना जारी गर्दै ५ देखि ६ हप्ता सम्म स्तरोन्नतीको काम गर्न लाग्ने जनाएको छ । एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतीका लागि आउँदो साता अष्ट्रियाको डोपलमेयर कम्पनीका प्राविधिक नेपाल आउन लागेको कम्पनीका संचालक राजेश बाबु श्रेष्ठले बताउनुभयो।आउँदो सोमबारबाट केबलकारको स्तरोन्नतिका लागि पहिलो चरणको काम सुरु गर्न लागिएको उहा...

मुग्लिन–नारायणगढ सडक दुइतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडक दुइतर्फी सञ्चालन
कुरिनटार  : मुग्लिन–नारायणगढ सडक दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती ११ बजेदेखि अवरुद्ध बनेको सडक आज राती ९ : ४० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको भरतपुर २९ स्थित केराबारीमा खसेको पहिरो पञ्छाई सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्थानमा पहिरो पञ्छाउने काम चलिरहदाँ दिउँसो पुन ः पहिरो खेपछि सञ्चालनमा ढिलाइ हुन पुगेको हो । अवि...

कुरिनघाट नजिकै पहिरो : पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्ध

कुरिनघाट नजिकै पहिरो :  पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्ध
कुरिनटार :  अविरल बर्षासगैँ खसेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार विहान ८ : ५० बजे चितवनको इच्छाकामना ३ कुरिनघाट नजिकै माथिबाट पहिरो झरी दुबै तर्फ बाटो अबरोध भएको हो । ,उक्त स्थानमा इलाका प्रहरी मुग्लिनबाट प्रसनिको टोलीखटी गई सडक बिभागसंग समन्वय गरी लोडरको सहा्यताले सडक सुचारु गर्न पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो ।

आज मूलढोकामा नागको पूजा गरि नागपञ्चमी मनाइदैँ

आज मूलढोकामा नागको पूजा गरि नागपञ्चमी मनाइदैँ
काठमाडौं  : आज सनातन धर्मावलम्बीहरुले नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ। मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति ब...

पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध, पृथ्वीराजमार्गको जोगिमारामा एकतर्फी सञ्चालन

पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध, पृथ्वीराजमार्गको जोगिमारामा एकतर्फी सञ्चालन
कुरिनटार, १७ साउन । अविरल बर्षासगैँ विभिन्न स्थानमा खसेको पहिरोले नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ केराबारी , १७ किलो र इच्छाकमना ५ स्थित २ नम्बर पुल र ३ नम्बर पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो । अहिले पहिरो पञ्छाउने कार्य भइरहको उहाँले बताउनुभयो । यसैबि...