कुरिनटार : चितवनको इच्छाकामनामा नेपाल सितिरियो कराते संघ गठन गरेका छन् । पवन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नेपाल सितिरियो कराते संघ इच्छाकामना गठन गरेका हुन् ।
संघको सचिवमा विकास चेपाङ,कोषाध्यक्षमा सुमित्रा प्रजा चयन हुनुभएको छ ।अन्य सदस्यहरुमा हिमाल कुँवर, जगत गुरुङ, अभिषेक गुरुङ,नविन गुरुङ, सुक बहादुर गुरुङ, कुसुम भुजेल, टक बहादुर गुरुङ, ,टक बहादुर राना मगर, नविन गुरुङ र सुजन आले मगर रहेका छन् ।
नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यता तथा वागमती प्रदेश सदस्य सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा सुदन दराई,प्रजिल श्रेष्ठ,दीपा थापा मगर लगायतको आतिथ्यता रहेका थिए ।