Banner News

अविरल बर्षासगैँ इच्छाकामना ७ स्थित थानखोलामा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

अविरल बर्षासगैँ इच्छाकामना ७ स्थित थानखोलामा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध
कुरिनटार :  गएराति देखि परेको अविरल वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित थानखोलामा रहेको डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएसँगै इच्छाकामना गाउँपालिका ७ स्थित भालुमारा, सुन्दरवस्ती हुदै कालिका नगरपालिका निस्कने सडकमा यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीयलाई नजिकको बजार पुग्नलाई असहज भएको इच्छाकामना गाउँपालिका ७ का वडाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । बाढीले ६ वटा ह्युम पाइप राखेर बनाइएको डाइभर्सनको छेउपट्टिको भाग बगाइदिएको उहाँले...

पहिरो पञ्छाएपछि नारायणगढ – मुग्लिन सडक दुईतर्फी सुचारु

पहिरो पञ्छाएपछि   नारायणगढ – मुग्लिन सडक दुईतर्फी सुचारु
चितवन : पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान ४ बजे भरतपुर २९ स्थित घुमाउने नजिक माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पञ्छाई सडक दुइतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो ।

नारायणगढ – मुग्लिन सडक अवरुद्ध

नारायणगढ – मुग्लिन सडक अवरुद्ध
चितवन,१६ साउन। पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । अविरल बर्षासगैँ चितवनको भरतपुर महानगरपालिका २९ स्थित घुमाउने नजिकै विहान ४ बजे माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । अहिले  पहिरो पञ्छाउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो ।

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त
काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पुनः मन्त्री नियुक्त गर्नुभएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिनुभएको थियो ।

प्रेस सेन्टर नेपाल केन्द्रिय समिती सचिवमा इच्छाकामनाका प्रलाद पोखरेल चयन।

प्रेस सेन्टर नेपाल केन्द्रिय समिती सचिवमा इच्छाकामनाका प्रलाद पोखरेल चयन।
नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट पत्रकार हरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय समिति सचिवमा इच्छाकामनाका प्रलाद पोखरेल चएन भएका छन।                                                                                                                              प्रेस सेन्टर नेपालको काठमाडौमा यहि श्रावण १३ र १४ गते गरि सम्पन्न केन्द्रिय समितिको दोश्रो पुर्ण बैठकबाट पोखरेल (एकतामार्फत) केन्द्रिय सचिवमा चयन भएका हुन। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन  संघीय समाज...

तमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर गुरुङ

तमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर गुरुङ
मुग्लिन,१४ साउन । । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् इच्छाकामना इकाइ समितिको अध्यक्षमा सन्तबहादुर गुरूङ चयन भएका छन् । शनिबार मुग्लिनमा सम्पन्न दोस्रो अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनिएका हुन् । इकाइ समितिको वरिष्ठ उपाध्यक्षमा झलक गुरूङ, उपाध्यक्षमा कुमार गुरूङ, सचिवमा विन्दु गुरूङ, संगठन सचिवमा उदयकुमार गुरूङ, प्रचार सचिवमा सरगम गुरूङ र कोषाध्यक्षमा धनबहादुर गुरूङ चयन भएका छन् । यस्तै सदस्यहरूमा भने सन्तोष गुरूङ, लोकमाया गुरूङ, लीला गुरूङ, निरमाय...

नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल

नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल
  कुरिनटार :  नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन हुनुभएको छ ।आज कुरिनटारमा सम्पन्न प्रथम भेलाले पोखरेलको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा रामनाथ त्रिपाठी, मदन चेपाङ र सावित्री खनाल, सचिवमा नारायणप्रसाद पौडेल, सह–सचिवमा रामजी त्रिपाठी र कोषाध्यक्षमा हिमलाल अधिकारीलाई चयन गरिएको छ ।वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यतामा सम...

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन
कुरिनटार  : नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार इच्छकामनामा एक कार्यक्रमको आयोजना गरि महासंघको प्रथम अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीका प्रमुख भक्त बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामना गठन गरेको छ । महासंघको उपाध्यक्षमा कविता काफ्ले, सचिवमा सुजिता त्रिपाठी, कोषाध्यक्षमा गणेश बहादुर राई सुनुवार, स...

विशेष समितिको निष्कर्ष : करका दर फेर्न अनधिकृत व्यक्तिको प्रवेश देखिएन

विशेष समितिको निष्कर्ष : करका दर फेर्न अनधिकृत व्यक्तिको प्रवेश देखिएन
काठमाडौं  : चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन पेश गरे। प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ। ‘...

विश्व बाघ दिवस आज , नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै

विश्व बाघ दिवस आज  , नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै
चितवन :  आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ ।   विशेष रुपमा वन तथा वातावरण मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यक्रम हुने भएपछि जिल्लामा सामान्य रुपमा कार्यक्रम मनाउन लागिएको हो । ‘यसपटक सामान्य भेटघाट र छलफल राखेका छौं, विभागमा विशेष कार्यक्रम भएकाले चिफ वार्डेनलगायत विशेष व्यक्तित्वहरु काठमाडौंमै कार्यक...