कुरिनटार : २३ घण्टा पछि गएराति १० बजेबाट सुचारु भएको मुग्लिन –नारायणगढ सडकखण्ड पुनः अबरुद्ध भएको छ ।
राति साढे २ बजे चितवनको भरतपुर २९ नारायणगढ -मुग्लिन सडक खण्डको केरावारी (मौरी खोला पुल नजिकै) बर्षाको कारण माथी बाट लेदो सहितको पहिरो झरी बाटो दुबै तर्फ अवरोध भएको छ । माथीबाट झरेको लेदोमा फस्न गई नारायणगढ बाट मुग्लिन तर्फ जाँदै गरेको ईण्डियन मिनी ट्रक समेत पछाडीको चक्का सामान्य रुपमा पुरिएको छ । अबरुद्ध सडक खुलाउने पहल भैरहेको चितवन प्रहरीले जनाएको छ ।