Banner News

चितवनमा नौ वटा मतदानस्थल स्थानान्तरण,एक वटा थप

चितवनमा नौ वटा मतदानस्थल स्थानान्तरण,एक वटा थप
चितवन ,२२ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभ...

चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने तयारीमा जीत नारायण श्रेष्ठ

चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने तयारीमा जीत नारायण श्रेष्ठ
चितवन :  आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन मिति घोषणा भएसँगै चुनावी सरगर्मी सुरु भइसकेको छ । उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । उम्मेदवारहरु चुनावी तयारीमा समेत जुटिसकेका छन् । यसै क्रममा चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिने भएका छन् । उनले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी थालेका छन् । ‘म पूर्ण रुपमा तयारीमा लागिसकेको छु’, उनले भने । कां...

महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढीरहेको छ : उप्रमुख अधिकारी

महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढीरहेको छ :  उप्रमुख अधिकारी
आशिष अधिकारी भरतपुर २१ साउन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढी रहेको बताउनु भएको छ । उप प्रमुख अधिकारीले भरतपुरमा साइकल लेन सहितको सडक निर्माणको खाका यस अघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेन सहित रहने प्रष्ट पार्नु भयो । बेटर चितवन लगाएतका विभिन्न सघ सस्थाहरुले शनिबार भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजना गरेको बस पार्क देखि सितामाइ सम्मको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहा...

पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं :  देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ६८२ जनाको परीक्षण गर्दा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो। आज एक जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन। लगातार संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ। जसमा सबैभन्दा धेरै काठमाडौंमा ३ हजार ७८ जना रहेका छन्। यस्तै ललितपुरमा ७ सय ४७ र भक्तपुरमा ८७ जना रहे...

चितवनमा बढ्यो चुनावी सरगर्मी एमाले निकट युवा संघ नेता सुरेश कार्की माओवादी केन्द्र प्रवेश

चितवनमा बढ्यो चुनावी सरगर्मी एमाले निकट युवा संघ नेता सुरेश कार्की माओवादी केन्द्र प्रवेश
भरतपुर - नेकपा एमाले निकट संगठन युवा संघ नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, केन्द्रीय सदस्य घनश्याम दाहाल र ठाकुर ढकाल लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । कार्की भरतपुर ११ निवासी हुन् । कार्कीसँगै अन्य ७ जनाले एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका हुन् । नेपाल सरकारले बिहीबार संघीय र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते गर्ने घोषण गरे ...

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने
काठमाडौं  : सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदल गठनसमेत गर्ने निर्णय भएको सञ्‍चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्।

आज सत्ता गठबन्धनको बैठक बस्दै , चुनावी तालमेलबारे छलफल हुने

आज सत्ता गठबन्धनको बैठक बस्दै , चुनावी तालमेलबारे छलफल हुने
काठमाडौं  : आज सत्ता गठबन्धनको बैठक बस्दै छ। बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ। सरकारले हिजो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। त्यसैको तयारीका गठबन्धनको भावी रणनीतिबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बोलाएको उनको सचिवालयले जनाएको छ। आजको बैठकमा ४ मंसिरको निर्वाचनमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल जनाइएको छ।

राती २ बजेदेखि अवरुद्ध नारायणगढ -मुग्लिन सडक सुचारु

राती  २ बजेदेखि अवरुद्ध नारायणगढ -मुग्लिन सडक सुचारु
कुरिनटार   : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु भएको छ  । भरतपुर २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खसी गएराती २ बजेदेखि अवरुद्ध भएको सडक विहान ८ बजेबाट सञ्चालनमा आएको हो । सडक विभागको समन्वयमा लेदो पञ्छाई दुइतर्फी सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यायल चितवनले जनाएको छ। पहिरो पञ्छाएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । केही दिन यता उक्त स्थानमा पटक पटक लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुदाँ यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ...

पहिरोका नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन : कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजेको समयामा भरतपुर २९ केराबारी (मौरीखोला) पुल नजिकै बर्षासगैँ माथिबाट लेदोसहितको पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेको हो । सडक विभागसंग समन्वय भई पहिरो पञ्छाउने गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उक्त स्थानमा केही दिन यता पटक पटक लेदो सहित पहिरो खसी सडक अवरुद्ध हुदैँ आएको छ । फाइल फोटो

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय
काठमाडौँ : प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो। एक मन्त्रीले जानकारी अनुसार प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय भएको हो । त्यस्तै यसअघि मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका थिए ।