राजनीति

इच्छाकामनामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आए पछि अपृय घटना बढ्यो – नेकपा नेता प्रताप गुरुङ

इच्छाकामनामा नयाँ प्रमुख प्रशासकिय अधिकृत  आए पछि अपृय घटना बढ्यो – नेकपा नेता प्रताप गुरुङ
कुरिनटार-इच्छाकामना गाउँपालिका वडानम्बर २ का वडा अध्यक्ष पन्च बहादुर प्रजा र नेकपा वडा २ का अध्यक्ष प्रकाश बुढाथोकी  माथी भएको दुव्र्यवहारको बिरुद्द नेकपा इच्छाकामनाले विरोध सभा सम्पन्न गरेको छ। नेकपा चितवनका सचिव समेत रहेका सांसद कृष्ण भक्त पोखरेल लगायत नेता कार्यकर्ताको सहभागितामा नेकपाले विरोध सभा सम्पन्न गरेको हो। कार्यक्रममा पिडित द्वय वडा अध्यक्ष र त्यही दिन दुव्र्यवहारमा परेका हरुको सम्मान समेत गरिएको थियो। विरोध कार्यक्रममा बोल्दै नेकपा इच्छाकामनाका संयोजक तथा च...

वडाअध्यक्ष दुर्ब्यहार विरुद्ध नेकपाको २८ गते कुरिनटारमा बिरोध सभा

वडाअध्यक्ष दुर्ब्यहार विरुद्ध नेकपाको २८ गते कुरिनटारमा बिरोध सभा
कुरिनटार, नेकपा इच्छाकामनाले आफ्नो पार्टी बाट निर्वाचित वडा अध्यक्ष तथा पार्टीको वडा २ का  सचिव पन्च बहादुर प्रजा र अध्यक्ष प्रकाश बुढाथोकी माथी भएको अमानवीय ब्यवहार बिरुद्द बिरोध सभा गर्ने भएको छ। यहि २८ गते कुरिनटारमा प्रतिनिधि सभा सदस्य तथा प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापती कृष्ण भक्त पोखरेल लगायतको सहभागितामा बिरोध सभा गर्न लागिएको नेकपा इच्छाकामनाले जनाएको छ।  इच्छाकामना गाउँपालिका वडा २ का अध्यक्ष पन्च बहादुर प्रजा र वडा २ नेकपा का अध्यक्ष प्...

वर्लेङमा नेकपाको विरोध सभा : वडाध्यक्ष पञ्चले भने- मलाई बोक्सो भन्दै मलमुत्र खुवाउन खोजियो

वर्लेङमा नेकपाको विरोध सभा :  वडाध्यक्ष पञ्चले भने- मलाई बोक्सो भन्दै  मलमुत्र खुवाउन खोजियो
कुरिनटार :  आफ्नो स्थानीय नेता तथा कार्यकर्ता माथि कुटपिट तथा अमानवीय व्यवहार भएपछि नेकपा इच्छाकामनाले वडा नम्बर २ वर्लेङमा विरोध सभा गरेको छ । सोमबार नेकपाका नेता तेजेन्द्र खड्काको प्रमुख आतिथ्यमा विरोध सभा सम्पन्न भएको हो । विरोध सभालाई सम्बोधन गर्दै नेता खड्काले पार्टीका अध्यक्ष र सचिवमाथि कुटपिट तथा दुरव्यवहार गर्ने कांग्रेस कार्यकर्तालाई हदै सम्मको कानुनी कारवाही गर्न माग गनुृभयो । उहाँले हरेक नागरिकको विरोध गर्ने अधिकार रहेको र विरोध असहमती जाहेर गर्दा शान्तिपूर्ण हुनु ...

वडाअध्यक्षमाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई कारबाही गर्न नेकपा इच्छाकामनाको माग

वडाअध्यक्षमाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई कारबाही गर्न नेकपा इच्छाकामनाको माग
कुरिनटार, २२ मंसिर । वडाअध्यक्षमाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई कारबाही गर्न नेकपा इच्छाकामनाकाले माग गरेको छ । शनिबार साँझ ७ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष पञ्च बहादुर चेपाङ्गलाई मरणासन्न हुने गरि कुटपिट गरि कालोमोसो दलेको र मलमुत्र खुवाउने प्रयात्न समेत भएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले कुटपिटमा संलग्न कांग्रेस कार्यकर्ताहरुलाई कारबाही गर्न माग गरेको हो । यस अघि वडा कार्यालय रहेको वल्र्याङमा पटक पटक वडाअध्यक्षमाथि दुरव्यव...

नेकपा सचिवालय बैठकको निश्कर्ष : उपनिर्वाचनमा अन्तर्घात भएको छैन

नेकपा सचिवालय बैठकको निश्कर्ष : उपनिर्वाचनमा अन्तर्घात  भएको छैन
काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ। यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ। ‘बैठकमा उपनिर्वाचनका विषयमा जानकारी गराइएको थियो। हामीलाई भएको सामान्य जानकारी अनुसार कहीँ अन्तर्घात भएको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। तर, सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्र...

धरान ७ मा नेकपाले १ मत अन्तरले जित्यो अध्यक्ष पद।

धरान ७ मा नेकपाले १ मत अन्तरले जित्यो अध्यक्ष पद।
धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपाले जितेको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् । सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् । गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो । यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले जित्यो भनिएको बाजुराको त्रिवेणी १ मा नेकपा विजयी

नेपाली कांग्रेसले जित्यो भनिएको बाजुराको त्रिवेणी १ मा नेकपा विजयी
बाजुरा  : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विजय हासिल गरेको भनेर प्रचारित बाजुराको त्रिवेणी १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका मनराजे बुढा मिलन ३६७ मतसहित विजयी भएका हुन्। उनले कांग्रेसका खगेन्द्र चदारालाई २० मतको झिनो अन्तरले हराए। निकटतम पतिद्वन्द्वी चँदाराले ३४७ मत ल्याए भने राप्रपाका मिनबहादुर ढोलीले २ मत पाए। जम्मा खसेको मत ७२७ थियो। त्यसमध्ये बदर ११ भएको थियो।

नेकपा २१, कांग्रेस ७, राजपा २, समाजवादी २ वडामा निर्वाचित

नेकपा २१, कांग्रेस ७, राजपा २, समाजवादी २ वडामा निर्वाचित
कुरिनटार :  ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी भएको थियो । नेकपा २१ ठाउँमा विजयी सुरूमा कांग्रेसले जितेको प्रचार भएको बाजुराको त्रिवेणी गाउँपालिका–१मा नेपाले जित हासिल गरेको छ । त्रिव...

प्रचण्डको गृह जिल्लामा नेकपालाई झड्का , तीनवटै वडामा कांग्रेसले जित्यो

प्रचण्डको गृह जिल्लामा नेकपालाई झड्का ,  तीनवटै वडामा कांग्रेसले जित्यो
कुरिनटार :  चितवन । शनिबार भएको स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वटै वडामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा नेपाली काँग्रेसका उम्मेदवारले विजयी प्राप्त गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसका उम्मेदवार अमृत हमाल विजयी भएका छन् । हमालले तीन हजार एक सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम सत्तारुढ नेकपाका भक्तराज हमालले दुई हजार आठ सय ७५ मत मात्रै प्राप्त गर...

नेकपाको चौथो जित सुन्दरबजार नगरपालिका २ बाट नवीन कुमार श्रेष्ठ बिजयि

नेकपाको चौथो जित सुन्दरबजार नगरपालिका २ बाट नवीन कुमार श्रेष्ठ बिजयि
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ मा पनि नेकपा बिजयी भएको छ  । ९९३ मत सहित नेेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएकाहुन। नविन कुमार श्रेष्ठ (सुर्य ) ९९३ प्रकाश सँढाई (रुख ) ४८२