कुरिनटार-इच्छाकामना गाउँपालिका वडानम्बर २ का वडा अध्यक्ष पन्च बहादुर प्रजा र नेकपा वडा २ का अध्यक्ष प्रकाश बुढाथोकी माथी भएको दुव्र्यवहारको बिरुद्द नेकपा इच्छाकामनाले विरोध सभा सम्पन्न गरेको छ।
नेकपा चितवनका सचिव समेत रहेका सांसद कृष्ण भक्त पोखरेल लगायत नेता कार्यकर्ताको सहभागितामा नेकपाले विरोध सभा सम्पन्न गरेको हो। कार्यक्रममा पिडित द्वय वडा अध्यक्ष र त्यही दिन दुव्र्यवहारमा परेका हरुको सम्मान समेत गरिएको थियो।
विरोध कार्यक्रममा बोल्दै नेकपा इच्छाकामनाका संयोजक तथा चितवन जिल्ला सदस्य प्रताप गुरुङले इच्छाकामना गाउपालिकामा नया प्रशासकिय अधिकृत सुक देव लम्सालले पद भार समाले सङै अपृय कार्य र घटनाहरु ह्वात्तै बढेको आरोप लगाउनु भएको छ। शिक्षक सरुवा बढुवा त्यस्तै कृषि जन्य पदार्थको निकासी कर र बिकास निर्माणमा जनश्रम बराबरको रकम पहिले नै बैंकमा जम्मा गरेमात्र विकास बजेट उपलब्ध गराउने जस्ता अपृय निर्णय गाउँपालिकाले गरेको आरोप लगाएका हुन। कार्यक्रममा गाउँ गाउँ बाट जन सहभागिता गराइएको थियो।