कुरिनटार : आफ्नो स्थानीय नेता तथा कार्यकर्ता माथि कुटपिट तथा अमानवीय व्यवहार भएपछि नेकपा इच्छाकामनाले वडा नम्बर २ वर्लेङमा विरोध सभा गरेको छ । सोमबार नेकपाका नेता तेजेन्द्र खड्काको प्रमुख आतिथ्यमा विरोध सभा सम्पन्न भएको हो । विरोध सभालाई सम्बोधन गर्दै नेता खड्काले पार्टीका अध्यक्ष र सचिवमाथि कुटपिट तथा दुरव्यवहार गर्ने कांग्रेस कार्यकर्तालाई हदै सम्मको कानुनी कारवाही गर्न माग गनुृभयो । उहाँले हरेक नागरिकको विरोध गर्ने अधिकार रहेको र विरोध असहमती जाहेर गर्दा शान्तिपूर्ण हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी कानुनलाई मान्यता दिन्छौँ, सबै नागकिरमा विरोध गर्ने अधिकार हुन्छ तर विरोध जाहेर गर्दा शान्तिपूर्ण हुनुपर्छ तर यहाँ क्रुर अमानविय व्यवहार भएको छ यसको हामी घोर भत्र्सना गछौँ दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौँ । उहाँले थप्नुभयो जुन व्यक्तिले यस्तो क्रुर कार्य गरे उसकोे शिर झुकेको छ र झुक्नुपर्छ ।साथै उहाँले केही मान्छे मिलेर कालोमोसो दल्नु ठूलो कुरा होईन हामीले चाहियो भने त्यो भन्दा ठूलो कुरा गर्न सक्छौँ तर हामी हामी त्यसबाट जादैँनौँ हामीले कानुनी प्रकृया अबलम्बन गरेका छौँ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पञ्च बहादुर चेपाङले आफुले जनताको सेवाका लागि काम गरेको बताउदैँ आफुसंग कुनै व्यक्तिगत स्वार्थ नभएको बताउनुभयो । उहाँले आफुलाई हाल संचालन भईरहेको कार्यलयमा साविकको वडा कार्यालय वर्लेङबाट आवस्यक सामाग्री लैजाने क्रममा केही अराजक मानिसहरु आएर आफु र सहयोगीहरु मथि कालो मोसो दल्ने कुटपिट गर्ने र मलमुत्र खुवाउने प्रयात्न भएको बताउनुभयो । उहाँले आफुलाई यो चेपाङ बोक्सो हो यसलाई मलमुत्र खुवाउनुपर्छ भन्दै दुर व्यवहार गरेको बताउनुभयो ।
विरोध सभा कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु नारायणप्रसाद अधिकारी, प्रताप गुरुङ, दान बहादुर गुरुङ, जुना राजभण्डारी, सावित्रा सिलावाल लगायतले बोलेका थिए । उनिहरुले यस्ता अमानवीय व्यवहार गर्नेहरुालई कानुनी कारवाहीको माग गर्दै यस्ता गतिविधि गर्नेहरुमाथि नेकपाले शसक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए ।
कार्यक्रममा नेकपाका वडाध्यक्ष प्रकास बुढाथोकी र सचिव पञ्च बहादुर प्रजालाई उपस्थित जनताहरुले फुलको माला लगाई सम्मान गरेका थिए ।
नेकपाका वडा वडाध्यक्ष प्रकास बुढाथोकी र जननिर्वाचित वडाध्यक्ष तथा नेकपा सचिव पञ्च बहादुर प्रजा र केही सहयोगीहरुमाथि कुटपिट सगैँ कालोमोसो दली मलमुत्र खुवाउने प्रयात्न गरेका थिए ।