कुरिनटार, २२ मंसिर । वडाअध्यक्षमाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई कारबाही गर्न नेकपा इच्छाकामनाकाले माग गरेको छ ।
शनिबार साँझ ७ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष पञ्च बहादुर चेपाङ्गलाई मरणासन्न हुने गरि कुटपिट गरि कालोमोसो दलेको र मलमुत्र खुवाउने प्रयात्न समेत भएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले कुटपिटमा संलग्न कांग्रेस कार्यकर्ताहरुलाई कारबाही गर्न माग गरेको हो ।
यस अघि वडा कार्यालय रहेको वल्र्याङमा पटक पटक वडाअध्यक्षमाथि दुरव्यवाहार कार्यालय समेत जलाउने काम गरेकोले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालको सहमतीमा अन्यान्त्र सामुदायिक भवन रहेको स्थानमा संचालन गर्नका लागि वडा कार्यालयका समान लैजान खोज्दा वडाअध्यक्ष र कर्मचारी सहित केही व्यक्तिलाई कुटपीट सहित अमानविय व्यावहार गरेको नेकपाले जनाएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ,
हिजो मिति २०७६ साल मंसिर २१ गते साँझ करिब ७ बजेको समयामा यस इच्छाकामना गाउँपालिका वडा नम्बर २ ओल्र्याङ काउलेमा रहेको वडा नम्बर २ को कार्यालयमा यस भन्दा अगाडी पटक पटक चोरी, कार्यालय तोडफोड भइरहेको र सोही ठाउँमा वडा कार्यालय संचालन गर्न नसकिने अवस्था सिर्जना भई गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालको सल्लाह बमोजिम सोही वडाको सामुदायिक भवनबाट संचालन गर्ने सल्लाह भएबमोजिम हाल सोही सामुदायिक भवनबाट संचालन भईरहेको अवस्थामा केही महत्वपूर्ण कागजात र सामानहरु उक्त सामुदायिक भवनमा सार्ने क्रममा यस इच्छाकामना गा.पा. दुर्यका सचिव वडा नम्बर दुई का निर्वाचित अध्यक्ष श्री पञ्च बहादुर प्रजा र नेकपा वडा नम्बर दुईका अध्यक्ष प्रकाश बुढाथोकीलाई उत्तर कुमार गुरुङ, बिर्ख बहादुर गुरुङ, बिजय गुरुङ, जोखलाल चेपाङ र गीता बहादुर गुरुङले समेत अमानबिय गतिविधिहरु,कुटपिट,लछापछार गरि कालो मोसो दल्ने जुत्ताको माला लगाउने मानवमलमुत्र खुवाउने प्रयास गरि मरणासन्न अवस्थामा पु¥याउने जस्ता कार्य गरेकोले सो घोर अमानविय कार्यको नकेपा इच्छाकामना गाउँकमिटी घोर भत्र्सना गर्नुका साथै दोषीउपर कारबाहीको लागि नेपाल सरकरसंग माग गर्दछ ।