राजनीति

गोरखाको सहिदलखन २ मा ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

गोरखाको सहिदलखन २ मा  ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
गोरखा  :  शहिदलखन गाउँपालिका वडा नम्बर २ का ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । वडा नम्बर २ बेतिनिका स्थानीय नेता तथा समाजसेवी लिलबहादुर रानाको नेतृत्वमा ५ दर्जन भन्दा बढि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । लिल बहादुर त्यस क्षेत्रमा एमालेका दह्रिला खम्बा भएर काम गर्दै आएका थिए । उनको समूह सबै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा (माओवादी केन्द्र ) संयोजक धुर्व खनाल, इन्जार्ज रमेशबाबु थापामगर तथ...

माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर रानामगर

माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर रानामगर
कुरिनटार  :  नेकपा माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर रानामगर चयन हुनुभएको छ । आज भएको भेलाले मगरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । यसैबिच भेलाले सचिवमा भद्र बहादुर प्रजालाई चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा प्रकाश बुढाथोकी

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा प्रकाश बुढाथोकी
कुरिनटार  :  नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा प्रकाश बुढाथोकी चयन हुनुुभएको छ । मंगलबार तल्लो काउलेमा सम्पन्न भेलाले बुढाथोकीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकमनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । भेलाले सचिवमा सुक बहादुर गुरुङलाई चयन गरिएको छ ।

माओवादी केन्द्र इच्छाकामना ५ को अध्यक्षमा रामप्रसाद बोहोरा र सचिवमा रामचन्द्र तिवारी

माओवादी केन्द्र इच्छाकामना ५ को अध्यक्षमा रामप्रसाद बोहोरा र सचिवमा  रामचन्द्र तिवारी
कुरिनटार :  चितवनको इच्छाकामनामा नेकपा मओवादी केन्द्रले संगठन पुर्नगठन अभियानलाई तीब्रता दिएका छन् । सो अभियान अन्तरगत वडा नम्बर ५ मा आज नयाँ कमिटी गठन गरिएको छ । आज भएको भेलाले रामप्रसाद बोहोरालाई अध्यक्ष र  राचन्द्र तिवारीलाई सचिवमा चयन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । तामीनमा सम्पन्न भेलाले बोहोराको नेतृत्वमा २९ सदस्यीय कमिटी चयन गरिएको इन्चार्ज गुरुङले बताउनुभयो ।

माओवादी केन्द्र इच्छाकामना ३ को अध्यक्षमा शिव पौडेल र सचिवमा मिलन गुरुङ (उत्तम)

माओवादी केन्द्र इच्छाकामना ३ को अध्यक्षमा शिव पौडेल र सचिवमा मिलन गुरुङ (उत्तम)
चुमिङ्गटार, २४ साउन ।नेकपा माओवादी केन्द्र इच्छाकामना ३ को भेला सम्पन्न भएको छ । भेलाले शिव पौडेललाई अध्यक्ष र मिलन गुरुङ (उत्तम) लाई सचिवमा चयन गरेको छ । पौडेललको नेतृत्वमा २९ सदस्यीय नयाँ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको  छ । नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामनाका संयोजक हरि थापा र नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार तथा वडाध्यक्ष गोवर्धन अधिकारीको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

एमालेका जिल्ला सदस्य चन्द्र बहादुर परियार सहित १११ जना नेपाली कांग्रेसमा प्रवेश

एमालेका जिल्ला सदस्य चन्द्र बहादुर परियार सहित १११ जना नेपाली कांग्रेसमा प्रवेश
कुरिनटार, २३ साउन । इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा १११ जना प्रवेश गरेको नेपाली कांग्रेस चितवन जिल्ला सभपतिले दाबी गरेका छन् । आज इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आयोजित एक कार्यक्रमबाट नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बहादुर परियार माओवादी केन्द्रका कृयाशिल पार्टी सदस्य चन्द्र बहादुर प्रजा सहित १११ जना प्रवेश गरेका हुन् । उनीहरु सबैलाई नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराउनुभयो ।  कार्यक्रम...

नेकपा माओवादी केन्द्र इच्छाकामना ४ को अध्यक्षमा खड्ग बहादुर मगर र सचिवमा रामनाथ त्रिपाठी चयन

नेकपा माओवादी केन्द्र इच्छाकामना ४ को अध्यक्षमा खड्ग बहादुर मगर  र सचिवमा  रामनाथ त्रिपाठी चयन
कुरिनटार :  नेकपा माओवदी केन्द्र वडा नम्बर ४ को अध्यक्षमा खड्ग बहादुर मगर चयन हुनुभएको छ । शनिबार कुरिनटारमा सम्पन्न भेलाले मगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो । वडा कमिटीको सचिवमा भने रामनाथ त्रिपाठी चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा रामनाथ त्रिपाठी अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, सहभागी नहुन संस्थापनको आग्रह

नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, सहभागी नहुन संस्थापनको आग्रह
काठमाडौं माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ। उक्त समूहले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई एमाले संस्थापनले आग्रह गरेको हो। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन्। एमालेको माधवकुमार नेपाल पक्षले आज बैठक आह्वान गरेको छ। हिजो बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको थियो तर तयारी नपुगेको भन्दै बैठक...

स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन थापा

स्वास्थ्यमन्त्री बन्न तयार छु :  गगन थापा
चितवन  :  नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधामन्त्रीले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे । थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २९३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले भने, ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रुपन्देही :  लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ ।विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् । प्रदेशसभाका ३४ सदस्यले स...