
कुरिनटार, २३ साउन । इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा १११ जना प्रवेश गरेको नेपाली कांग्रेस चितवन जिल्ला सभपतिले दाबी गरेका छन् । आज इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आयोजित एक कार्यक्रमबाट नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बहादुर परियार माओवादी केन्द्रका कृयाशिल पार्टी सदस्य चन्द्र बहादुर प्रजा सहित १११ जना प्रवेश गरेका हुन् ।
उनीहरु सबैलाई नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, उपसभापति कैलाश कोइराला लगायतको उपस्थित रहेका थिए ।
नेपाल तरुणदल इच्छाकामनाका सभापति जीवन सिलवाल, वडा नम्बर ४ का कार्यवाह अध्यक्ष मुक्ति सिलवाल, प्रवक्ता सावित्रि गुरुङ र वडा नम्बर ३ का सभापति बुद्धिप्रसाद सिलावलको सक्रियता पार्टी प्रवेश गराएका हुन् ।