राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं  :  नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। साउन १६ गतेदेखि सुरु भएको बैठकले आइतबार विधान संशोधन महाधिवेशन लगायतका निर्णय गरेको थियो। बैठकमा माधव नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाउँदै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाउँदै
काठमाडौं  : आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरुङ​ले जानकारी दिए । उनका अनुसार आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुनेछ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् । देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कील...

माधव नेपाललाई एमालेमा ठाउँ छैन ओली

माधव नेपाललाई एमालेमा ठाउँ छैन ओली
काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई  ,देशद्रोहीुको संज्ञा दिएका छन्।एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ुजनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे। माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन। फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे। पार्टी हामी सबैले बनाएका हौँ।ु पार्टीभित्र...

नेकपा एमाले विवाद : आज वारपार

नेकपा एमाले विवाद :  आज वारपार
काठमाडौं  :  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ...

जसपा लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

जसपा लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त
काठमाडौं  :  जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशका तीन जना सांसद पदमुक्त भएका छन्।जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई लुम्बिनी प्रदेशसभा सचिवालयले पदमुक्त गरेको हो। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै पदमुक्त भएको जानकारी दिएका छन्। सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा रहेकाले सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ। पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको...

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी नेताको पेशी निवेदकको सुनुवाइ स्थगित

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी नेताको पेशी निवेदकको सुनुवाइ   स्थगित
काठमाडौं   : माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ स्थगित भएको छ। बिहीबार हेर्न नभ्याइएको रिट आज पेशी तोकिएको थियो। तर निवेदकका कानुन व्यवसायीले आजको पेशी स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। आजको पेशी न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो। माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर...

पछिल्लो २४ घण्टामा थपिए ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु
काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ३८४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको स्वास्थ्य म...

‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’ : रायमाझी

‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’  :  रायमाझी
काठमाडौं  : पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू एमालेमा नगएको र अझै माओवादीमै रहेको बताएका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो । ‘केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले)मा आजसम्म म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन, एमाले पार्टीको सदस्यता लिएको छैन,’ उहाँले रिट निवेदनमा उल्लेख गर्नुभएको छ, ‘मिति २०७८ असार २३ गते मैले निर्वाचन आयोगबाट निवदेन गरी निकालेको प्रतिलि...

नेपाली कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित

नेपाली कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित
काठमाडौं   :  नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ ।आज बसकेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनलगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए । प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर...

नेकपा एमाले विवाद: ओली नरम हुँदा नेपाल कडा

नेकपा एमाले विवाद:  ओली नरम हुँदा नेपाल कडा
काठमाडौं :  नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्। यता सर्वोच्च अदालतले साउन २८ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएक...