
चुमिङ्गटार, २४ साउन ।नेकपा माओवादी केन्द्र इच्छाकामना ३ को भेला सम्पन्न भएको छ । भेलाले शिव पौडेललाई अध्यक्ष र मिलन गुरुङ (उत्तम) लाई सचिवमा चयन गरेको छ ।
पौडेललको नेतृत्वमा २९ सदस्यीय नयाँ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ । नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामनाका संयोजक हरि थापा र नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार तथा वडाध्यक्ष गोवर्धन अधिकारीको उपस्थितिमा भेला सम्पन्न भएको हो ।