
कुरिनटार : नेकपा माओवदी केन्द्र वडा नम्बर ४ को अध्यक्षमा खड्ग बहादुर मगर चयन हुनुभएको छ । शनिबार कुरिनटारमा सम्पन्न भेलाले मगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो । वडा कमिटीको सचिवमा भने रामनाथ त्रिपाठी चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा रामनाथ त्रिपाठी अध्यक्षतामा भेला सम्पन्न भएको हो ।