राजनीति

संसद् बैठक बस्दै,वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

संसद् बैठक बस्दै,वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ :  आज पनि प्रतिनिधिसभा आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसद्हरूले धारणा राखिरहेका छन् ।

इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त

इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त
कुरिनटार,१३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त हुनुभएको छ । आज शुक्रबार बसेको गाउँपालिका कार्यापालिकाको बैठकले वडा नम्बर ३ का वडाध्यक्ष समेत रहनुभएका नेपाललाई प्रवक्तामा नियुक्त गरिएको हो ।

भरतपुरको मेयरमा गठबन्धनका रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुरको मेयरमा  गठबन्धनका रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी  विजयी
चितवन :  भरतपुर महानगरपालिकामा मेयर सत्तारूढ गठबन्धनको तर्फाबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरले विजयी भएकी छिन् । रेनुले नेकपा एमालेका उमेद्वार विजय सुवेदी १२ हजार ४ सय ४९ मतले पराजित गरेकी हुन् । यस्तै भरतपुर महानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनको तर्फाबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।चित्रसेन एमालेले समर्थन गरेको राप्रपाकी हिमला गुरूङको २२ हजार १ सय ९१ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । भरतपुरको २९ वार्डमा...

वडाध्यक्ष उप्रेतीले पारिश्रमिक नलिने : विपदमा परेका विपन्न वर्गलाई सहयोग गर्ने

वडाध्यक्ष उप्रेतीले पारिश्रमिक नलिने : विपदमा परेका विपन्न वर्गलाई सहयोग गर्ने
कुरिनटार,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाध्यक्ष रुद्र उप्रेतीले पदभार ग्रहण गर्नुभएको छ । आज गाउँपालिकाको कार्यालयमा अध्यक्ष दान बहादुर गुरुङबाट सपथ ग्रहण लिए पश्चात वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणसगैँ वडाध्यक्ष उप्रेतीले आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । उक्त पारिश्रमिकबाट कोष खडा गर्ने भएको हो । पदभार ग्रहण सगैँ आज बसेको वडाको पहिलो बैठकले वडाध्यक्ष उप्रेतीको पारिश्रमिकबाट कोष खडा गरि विपदमा परेको विपन्न पर...

गण्डकी गापाका अध्यक्ष तिमल्सिनाको पहिलो काम, गाउँपालिका भवनको निर्माणसम्बन्धी टेन्डर खारेज

गण्डकी गापाका अध्यक्ष तिमल्सिनाको पहिलो काम, गाउँपालिका भवनको निर्माणसम्बन्धी टेन्डर खारेज
गोरखा : गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भवन निर्माणसम्बन्धी टेन्डर खारेज गरेका छन् । अध्यक्षको रुपमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गर्दै उनले गाउँपालिकाको अघिल्लो नेतृत्वले भवन निर्माणका लागि अघि बढाएको टेण्डर प्रक्रिया खारेज गरेका हुन् । पालिकावासीले गाउँपालिकाको केन्द्र अपायक भएको गुनासो गरेपछि तत्काल निर्माण प्रक्रिया रोक्न टेण्डर खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेको तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए । विगतमा पालिका केन्द्र तोक्ने विषयमा पाल...

इच्छाकामनामा पार्टीका उम्मेद्वार पराजित भएपछि वडा इन्चार्ज पोखरेलद्वारा पदबाट राजिनामा

इच्छाकामनामा पार्टीका उम्मेद्वार पराजित भएपछि वडा इन्चार्ज पोखरेलद्वारा पदबाट राजिनामा
कुरिनटार :  चितवनको इच्छाकामना ३ मा स्थानिय तहको निर्वाचनमा पार्टी पराजित भएपछि माओवादी केन्द्रका वडा इन्चार्ज प्रमोद पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा एक्लै चुनाव जितेका माओवादी केन्द्रले यस पटक भने गठबन्धनसहित निर्वाचनमा होमिदा पनि आफ्नो पार्टीको उम्मेद्वारले हार बेहोर्नुपरेपछि नैतिक जिम्मेवारी लिदैँ पदबाट राजिनमा दिनुभएको हो। पदबाट राजिनमा दिएपनि पार्टी संगठनमा क्रियाशिल रहि संगठन निर्माणमा निरन्तर लागिरहने र आगामी निर्वाचनमा पार्टीका उम...

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङद्वारा पदभारग्रहण , विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङद्वारा पदभारग्रहण , विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय
कुरिनटार, ६ जेठ । चितवनको एक मात्र गाउँपालिकाका इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार पदभार ग्रहण गर्नुभाएको हो । पदभार ग्रहण गरेको दिननै उहाँले पहिलो निर्णयको रुपमा विपन्न वर्गको पहिचान गरि स्वास्थ्य बिमा गर्ने निर्णय गनुृभएको छ । चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा पुर्‍याउन गाउँपालिका भित्रका विपन्न वर्गको पहिचान गर्ने र उनीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको बताउनुभयो । ...

नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षमा बोहोरा

नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षमा बोहोरा
चितवन :  नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षको जिम्मा राम प्रसाद बोहोरालाई दिइएको छ । पार्टीको निर्णय विपरित कार्य गर्दै निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई असहयोग गरेको भन्दै पार्टी अध्यक्ष हरि थापालाई बागमती प्रदेश कमिटीले सबै पदबाट निलम्बन सहितको कारबाही गरेपछि बोहोरालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको हो ।

माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि थापा पार्टीको सबै पदबाट निलम्बित

माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि थापा पार्टीको सबै पदबाट निलम्बित
चितवन : नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका अध्यक्ष हरि थापालाई निलम्बन गरिएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा घोषित रुपमै असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट निलम्बन गरेका हुन् । जेठ २ गतेको पत्रमा पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई घोषित रुपमै असहयोग गरेको र पार्टीलाई गम्भीर आघात पु¥याउने काममा संलग्न भइ पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण अर्को निर्णय नहुदाँ सम्म पार्टी विधान...

इच्छाकामना ३ मा एमालेको नरबहादुर नेपाल विजयी

इच्छाकामना ३ मा एमालेको नरबहादुर नेपाल विजयी
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका वडा नं २ मा नेकपा एमालेको वडा अध्यक्षको उम्मेद्वार नरबहादुर विजयी भएका छन्। विजयी उम्मेद्वार नेपालले ८६० र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीको शरद पोख्रेलले ८४९ मत प्राप्त गरेको गरे‌। यसैगरी सो वडामा ३ वडा सदस्य गठबन्धन र १ वडा सदस्य एमालेको उम्मेदवार विजयी भएको छ। यस सगैँ नेकपा एमालेले इच्छाकामनामा दुई वटा वडा जितेको छ । यस अघि वडा नम्बर २ मा पञ्च बहादुर चेपाङको प्यानलै विजयी भएका हुन् ।