कुरिनटार :  चितवनको इच्छाकामना ३ मा स्थानिय तहको निर्वाचनमा पार्टी पराजित भएपछि माओवादी केन्द्रका वडा इन्चार्ज प्रमोद पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा एक्लै चुनाव जितेका माओवादी केन्द्रले यस पटक भने गठबन्धनसहित निर्वाचनमा होमिदा पनि आफ्नो पार्टीको उम्मेद्वारले हार बेहोर्नुपरेपछि नैतिक जिम्मेवारी लिदैँ पदबाट राजिनमा दिनुभएको हो।
पदबाट राजिनमा दिएपनि पार्टी संगठनमा क्रियाशिल रहि संगठन निर्माणमा निरन्तर लागिरहने र आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउने प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।