दर्ता नभएका औषधि बिक्री गरेको आरोपमा चितवनबाट भ्यान सहित दुई जना पक्राउ
चितवन : नेपालमा दर्ता नभएका औषधि बिक्री गरेको आरोपमा दुई जनालाई भ्यान सहित पक्राउ गरिएको छ । भरतपुरको अस्पताल रोडबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाही पर्सा गा.पा.वडा नं.५ बस्ने बर्ष २९ का अनिल झा र जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ का दिपेन परियार रहेका छन् । बागमती प्रदेश ०१–०२६ च–२१८२ नम्बरको भ्यान सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा चितवन र मेडिकल स्टकिस्ट क्लब अफ नारायणगढका पदाध...









