नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि राति १० देखि ४ बजे सम्म वन्द, हेरौँ वन्दको पुरा रुट ?
चितवन, पुस १८ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक रुपमा ६ घण्टा वन्द हुने भएको छ । र
सडक विस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्मको समयमा सडक वन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
सडक खण्डमा भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिन लागेको पन्तले बताए ।
काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय भ...