काठमाडौं, १८ पुस । फेरि फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।नेपाल आयल निगम, सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो।
सोमबारराति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक मूल्यवृद्धि गरिएको छ। खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय दुर्इ, डिजेल र मट्टितेल प्रति लिटर ७९–७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार तीन सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रूपैयाँ कायम गरिएको छ।