आन्तरिक पर्यटकले भरिभराउ घुर्केशका होमस्टेहरु
इच्छाकामना, १७ साउन । चितवनको इच्छाकामना गाउँपालिका २ मा रहेका पुरानो गुरुङ बस्ती हो घुर्केश । यहाँ चिटिक्क परेका पुराना परम्परागत घरहरु छन् । यस गाउँमा पछिल्लो समय पर्यटकहरुको आगमन बढ्न थालेका छन् । यहाँ दैनिक जसो पर्यटकहरुआउन थालेका छन् ।यहाँ गाउँपालिकाको सहयोगमा १४ घरमा होमस्टे ९घरवास०सञ्चालनमा रहेको छ । होमस्टे सञ्चालनसगैँ यहाँ आन्तरिक पर्यटकहरुको आगमन वृद्धि भएको हो ।स्थानीय संगम गुरुङका अनुसार शुक्रबार १४ वटै होमस्टेमा पाहुनाहरु भरीभराउ भएका थिए ।
उहाँका अनुसार विशेष ग...









