लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले आन्दोलनका क्रममा गाउँपालिका र वडा कार्यालयमा तोडफोड र आगजनीका साथै लुटपाट भएकाले लुटिएका सामानहरु फिर्ता गर्न आग्रह गरेका छन् । आन्दोलनका क्रममा लगिएका सामानहरु फिर्ता गरी सहयोग गर्न आग्रह गरेको हो ।
जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इच्छाकामना गाउँपालिकाको कार्यालय र वडा नं २ को कार्यालयमा आगजनी,तोडफोड तथा लुटपाट भएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अनुसार आन्दोलनकै क्रममा कार्यालयमा रहेका सवारी साधन लगायत जिन्सी...









