देश / समाज

धर्म परिवर्तन गराए पाँच वर्ष कैद

काठमाडौँ, ७ साउन । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ । ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवान...

यात्रुवाहक बस रामनगरमा एकआपसमा ठोक्किदाँ २३ जना घाइते, दुईको अवस्था गम्भिर

यात्रुवाहक बस रामनगरमा एकआपसमा ठोक्किदाँ २३ जना घाइते, दुईको अवस्था गम्भिर
चितवन, ७ साउन । यात्रु वाहक बस एक आपसमा ठक्कर खाँदा २३ जना घाईते भएका छन् ।काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमाराति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेक...

आजदेखि डा.केसीका समर्थकहरुले सामूहिक सत्याग्रह गर्ने

आजदेखि डा.केसीका समर्थकहरुले सामूहिक सत्याग्रह गर्ने
काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आजदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।हिजो डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आज (आइतबार) बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा.केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ड...

अनसनरत डा.केसीको समर्थनमा निकालिएको र्‍यालीमा झडप, तरुण दलका अध्यक्ष बस्नेत घाईते

अनसनरत डा.केसीको समर्थनमा निकालिएको र्‍यालीमा झडप, तरुण दलका अध्यक्ष बस्नेत घाईते
काठमाडौं, ५ साउन । डा. गोविन्द केसीले राखेका मागको सम्बोधनमा दबाब दिन नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले गरेको प्रदर्शनको क्रममा झडप भएको छ। प्रदर्शनको क्रममा झडप हुँदा अध्यक्ष जीतजंग बस्नेत सहितका नेता घाइते भएका छन्। अध्यक्ष बस्नेतको टाउकोमा चोट लागेको छ। त्यस्तै प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी माथि पनि हातपात भएको छ। डा.केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको। तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्या...

अबको १५ महिनाभित्र बन्दिपुरमा केबलकार

अबको १५ महिनाभित्र बन्दिपुरमा केबलकार
तनहुँ, ५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शुक्रबार बन्दिपुर केबलकारको शिलान्यास गर्नुभएको छ । ठूलढुंगादेखि बन्दिपुर जोड्ने एक किलोमिटर ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको मुख्यमन्त्री गरुङले शिलान्यास गर्दै पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशका १४ प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई पाँच वर्षभित्र शून्यमा झार्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्र...

एकै परिवारका चार जनाले सेतीमा हाम फाले, तीन जना बेपत्ता,एकको उद्धार

एकै परिवारका चार जनाले सेतीमा हाम फाले, तीन जना बेपत्ता,एकको उद्धार
डोटी, ५ साउन । एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् ।डोटीको आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका हुन् ।हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन...

केन्याबाट उद्धार गरिए २१ नेपाली कन्या

केन्याबाट उद्धार गरिए २१ नेपाली कन्या
काठमाडौं, ५ साउन । मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो । ‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने...

कानुन कार्यान्वयनमा अझै अलमल

कानुन कार्यान्वयनमा अझै अलमल
काठमाडौं, ५ साउन ।लामो समय लगाएर तयार भएका देवानी र फौजदारी संहिता आगामी भदौ १ गतेदेखि लागू हुनेमा शंका बढेको छ। आवश्यक नियमावली तथा दिग्दर्शन बनिनसकेका र कार्यान्वयन गर्ने निकायले पनि तयारी पूरा नगरेकाले भदौ १ गतेबाट लागू हुनेमा आशंका बढेको हो। सरकारले देवानी र फौजदारी संहिता भदौ १ गतेदेखि लागू हुने बताउँदै आएको छ। ‘सरकार त देवानी र फौजदारी संहिता कार्यान्वयन गर्न तयार छ तर कार्यान्वयन गर्ने निकायहरुबाट तयारी पूरा नभएको अवस्थामा कार्यान्वयनमा जा“दा अप्ठेरो पर्न सक्ने कुरा...

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?
काठमाडौं, ५ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा। गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो । प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा। तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले...

सगरमाथाको उचाइ नाप्दै नेपाल सरकार

सगरमाथाको उचाइ नाप्दै  नेपाल सरकार
काठमाडौं, ५ साउन । सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ९ग्लोबल पोजिसनिङ सिस्टम० उपकरण सगरमाथाको शिखरमै पुर्‍याएर उचाइ मापन गर्ने भएको हो ।मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना छ । नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ । ‘असोजसम्म शेर्पा...