काठमाडौं, ५ साउन । मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।
केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो ।

‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने ।

अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । ‘२१ नेपाली युवतीलाई मानवतस्करले केन्या ल्याएका हुन्,’ प्रहरीको ट्वीटर ह्याण्डलमा उल्लेख छ, ‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’

प्रक्राउ गगरिएका तीन अभियुक्तलाई मानव तस्करीबिरुद्ध कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

डान्सबारमा नर्तकी र यौनकर्म गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक काठमाडौं आउने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।