काठमाडौं, ५ साउन ।लामो समय लगाएर तयार भएका देवानी र फौजदारी संहिता आगामी भदौ १ गतेदेखि लागू हुनेमा शंका बढेको छ। आवश्यक नियमावली तथा दिग्दर्शन बनिनसकेका र कार्यान्वयन गर्ने निकायले पनि तयारी पूरा नगरेकाले भदौ १ गतेबाट लागू हुनेमा आशंका बढेको हो। सरकारले देवानी र फौजदारी संहिता भदौ १ गतेदेखि लागू हुने बताउँदै आएको छ।
‘सरकार त देवानी र फौजदारी संहिता कार्यान्वयन गर्न तयार छ तर कार्यान्वयन गर्ने निकायहरुबाट तयारी पूरा नभएको अवस्थामा कार्यान्वयनमा जा“दा अप्ठेरो पर्न सक्ने कुरा आएको छ,’ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले भने । उनका अनुसार, कार्यान्वयन गर्ने निकायहरुले तयारी पूरा नभएकाले केही समय पर्खन सुझाव सरकारलाई दिइरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।