डोटी, ५ साउन । एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् ।डोटीको आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका हुन् ।हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले बताउनुभयो ।
परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धानभैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।