देश / समाज

मृगौंला पिडित सफलता श्रेष्ठलाई आर्थिक सहयोग

आँबुखैरेनी, २३ माघ । मृगौंला पिडित सफलता श्रेष्ठलाई आज बिहान आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । आँबुखैरेनी–३, मिलनचोक निवासी मृगौंला पिडित १३ वर्षिय सफलतालाई सुन्दरबस्ती टोल विकास संस्था मिलनचोक आँबुखैरेनीले उनको उपचारको लागि नगद रु। २७ हजार १ सय ५० रुपैंया आर्थिक सहयोग गरेको हो । टोल विकास संस्थाका अध्यक्ष राजन ढकाल, वडा नं। ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठ र एक्टिभ ग्रिनल्याण्ड इंग्लिस बोडिङ्ग स्कूलका प्रिन्सिपल गोबिन्...

अण्डाको मूल्य नपाएपछि किसानले संघको कार्यालयमा लगाए ताला

चितवन, २३ माघ माघ । चितवनका अण्डा उत्पादक किसानहरुले अण्डा उत्पादक संघ र चितवन नवलपुर दाना वितरक संघको कार्यालयमा तालाबन्दी गरेका छन् । संघले निर्धारण गरेको न्यूनतम मूल्यमा पनि अण्डा बिक्री नभएको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् । संघले अण्डा प्रतिक्रेट न्यूनतम २६० रुपैंया निर्धारण गरेको छ । तर सप्लायर्सले २ सय ३० रुपैंयामा उठाउँदै आएका छन् । दानाको मुल्यबृद्धि भएर लागत समेत नउठेको समयमा संघले तोकेको मूल्य समेत नपाएका कारण संघमा तालाबन्दी गरेको पश्चिम चितवन अण्डा उत्पाद...

सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्ताविरुद्द सार्वजनिक मुद्धा

काठमाडौं,२३ माघ । गाडी जलाएको अभियोगमा पक्राउ परेका नेविसंघका तीन कार्यकर्ताविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ।   पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाइएको कास्की प्रहरी प्रमुख ओम वहादुर रानाले जानकारी गराए। उक्त ऐनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ।यसै व्यव...

टेलिकमले सञ्चारमन्त्री बाँसकोटाकै टेलिफोन लाइन काटिदिएपछि

टेलिकमले सञ्चारमन्त्री बाँसकोटाकै टेलिफोन लाइन काटिदिएपछि
काठमाण्डु, २३ माघ । नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए । शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिँड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन ...

ह्वील चियरमा आएकी शारिरिक अशक्त यात्रु छोडेर भाग्ने बस कारवाहीमा

काठमाडौँ, २३ माघ । ललितपुरको एकान्तकुनामा ह्वील चियरमा रहेकी एक यात्रुलाई बसमा नचढाई भाग्ने बसलाई ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ । ट्राफिक प्रहरीले आफ्नो ट्वीटर अकाउट मेट्रो ट्राफिकमा ट्वीट गर्दै उक्त बसलाई नियन्त्रणमा लिएको जनाएको छ । बा।५ ख ६८४३ नंम्बरको उक्त बसले आइतबार ह्वील चियरमा रहेकी युवतीलाई बसमा नचढाई छोडेर गएको थियो । बसमा य्ुवतीलाई पु्र्याउन गएकी मनिषा गौचनले बस चालकले यसरी छोडेर भागेपछि बसको फोटो फेसबुकमा राखेकी थिइन् । प्रहरीले सोही फोटोको आध...

चामलको बोरामा युरिया मल

काठमाडौँ, २३ माघ ।  चामलको बोरामा बीयाँ, कनिका भेटिने कुरा सामान्य मानिन्छ तर  पर्वत सदरमुकाम कुश्माबजारमा  चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट भएको पाईएको हो । शौरभ फुड प्रोडक्टस प्रा.लि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया भेटिएको हो । युरिया जस्तो देखिने डल्ला पानीमा राखेपछि पग्लन्छ तर युरिया हो वा होइन भन्ने बारेमा परिक्षण हु...

एनसेलले सरकारलाई दिनु पर्ने कर विवाद अन्तिम सुनुवाइमा

काठमाडौँ, २३ माघ ।  गत सातादेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवाद मुद्दामा एक पक्षबाहेक अधिकांशले सेयर बेचेर भागिसकेको कम्पनी टेलियासोनेरादे नै कर तिर्नुपर्ने बहस गरेका छन् । चार छुट्टा निवेदन जोडिएको मुद्दामा वस्र्जसचिव द्वारिकानाथ ढुंगेलको टोलीले मात्रै एनसेललाई कर तिराउनुपर्ने बहस गरेको छ । अरु सबै पक्ष्ँले कर तिर्ने दायित्व टेलियारोनेराको हुने भनी बहस गरेका छन् । मंगलबार पनि सुनुवाइ जारी गरहेको यो मुद्दामा बुधबार दुवै पक्षले ‘जवाफी बहस’ गर्नेछ । त्यसपछि इज...

रुकुमको जिल्ला सदरमुकाम विवाद, युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला

रुकुमको जिल्ला सदरमुकाम विवाद, युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला
काठमाडौँ, २३ माघ ।  कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो । सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाड सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यँहा कुनै संरचना थिए न सरकारी कार्यालय नै तत्काल त्यह...

दुबईमा समातिए साढे ३३ किलो सुन धनी

दुबईमा समातिए साढे ३३ किलो सुन धनी
काठमाडौँ, २३ माघ ।  विदेशमा बसेर सुन तस्करीमा लागनाी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् । २०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ । उनी विदेश...

‘बल हुनलाई गाडी बोक्न पाउनु राम्रै हो, तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि’

काठमाडौँ, २३ माघ ।  दन्त्य कथा जस्तै  लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला उहाँले गाडी बोकेर भिमफेदीबाट थानकोटसम्म पु-याएबापत सुरुमा जम्मा नौ रुपियाँ ज्याला पाउनुहुन्थ्यो । काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘त्यसताका सुनको प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’ जीवनभर ७० वटा गाडी बोक्नु भएका वाइबा भन्नुहुन्छ, ‘बल हुनलाई गाडी बोक्न पाउनु राम्रै हो, तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि ।’ त्यसबे...