आँबुखैरेनी, २३ माघ । मृगौंला पिडित सफलता श्रेष्ठलाई आज बिहान आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । आँबुखैरेनी–३, मिलनचोक निवासी मृगौंला पिडित १३ वर्षिय सफलतालाई सुन्दरबस्ती टोल विकास संस्था मिलनचोक आँबुखैरेनीले उनको उपचारको लागि नगद रु। २७ हजार १ सय ५० रुपैंया आर्थिक सहयोग गरेको हो । टोल विकास संस्थाका अध्यक्ष राजन ढकाल, वडा नं। ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठ र एक्टिभ ग्रिनल्याण्ड इंग्लिस बोडिङ्ग स्कूलका प्रिन्सिपल गोबिन्द प्रसाद खनालको उपस्थितीमा मगौंला पिडित सफलता श्रेष्ठको आमा सृजना श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो । यस अघि आँबुखैरेनी–३, निवासी केदार के।सींले उनको उपचारको लागि नगद रु। १० हजार रुपैंया आर्थिक सहयोग गरेको थियो ।