काठमाडौँ, २३ माघ । ललितपुरको एकान्तकुनामा ह्वील चियरमा रहेकी एक यात्रुलाई बसमा नचढाई भाग्ने बसलाई ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ । ट्राफिक प्रहरीले आफ्नो ट्वीटर अकाउट मेट्रो ट्राफिकमा ट्वीट गर्दै उक्त बसलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बा।५ ख ६८४३ नंम्बरको उक्त बसले आइतबार ह्वील चियरमा रहेकी युवतीलाई बसमा नचढाई छोडेर गएको थियो । बसमा य्ुवतीलाई पु्र्याउन गएकी मनिषा गौचनले बस चालकले यसरी छोडेर भागेपछि बसको फोटो फेसबुकमा राखेकी थिइन् । प्रहरीले सोही फोटोको आधारमा बसलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको हो ।