तीन नम्बर प्रदेशलाई प्लाष्टिक मुक्त बनाईने
हेटौडा, २६ माघ । प्रदेश नम्बर ३ लाई वातावरणीय दृष्टिकोणबाट स्वच्छ बनाउने अभियानअन्तर्गत प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनमा जोड दिइएको छ । आज यहाँ आयोजित छलफल कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले स्वच्छ र हराभरा प्रदेश निर्माण गर्नको लागि प्लाष्टिकको व्यवस्थापन आवश्यक रहेको बताए ।
उनले प्लाष्टिक व्यवस्थित प्रदेश निर्माण गर्न र प्लाष्टिक पुनः प्रशोधन गर्ने उद्योग सञ्चालन गर्न सरकार, उद्योगी र विज्ञले संयुक्तरुपमा लानुपर्ने आवश्यकत...