काठमाडौँ, २३ माघ ।  चामलको बोरामा बीयाँ, कनिका भेटिने कुरा सामान्य मानिन्छ तर  पर्वत सदरमुकाम कुश्माबजारमा  चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ ।
पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट भएको पाईएको हो ।
शौरभ फुड प्रोडक्टस प्रा.लि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया भेटिएको हो । युरिया जस्तो देखिने डल्ला पानीमा राखेपछि पग्लन्छ तर युरिया हो वा होइन भन्ने बारेमा परिक्षण हुँन बाँकी छ ।
सदरमुकाम कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट गत आईतवार साँझ चामल घर लगेको र सोमबार बिहान भात पकाउने क्रममा युरिया भेटिएको आचार्यले बताउनुभयो । आइतबार सोही बोराको चामल पकाएर खाँदा सोमबार परिवारका झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा यूरिया मलका सेता दान बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको आचार्यले बताउनुभयो । ‘बेलुका भात पकाएर खाँदा सबैलाई पखाला लागेपछि बिहान चामल हेर्दा युरिया देखियो’ आचार्यले भन्नुभयो ‘त्यसपछि प्रशासनमा खबर गरेको हुँ’। नेपाल समाचारपत्रमा खबर छ ।