देश / समाज

अब बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता

काठमाडौँ, २३ माघ । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ । गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रद...

संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी

काठमाडौँ, २३ माघ ।  संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो पासपोर्ट लिएका छन्। परराष्ट्र मन्त्रालयले रातो पासपोर्टमा कडाइ गरे पनि रातो पासपोर्ट लिने सांसदको संख्या बढ्दै गएको छ। संसद् सचिवालयको सिफारिस चाहिने भए पनि कतिपय सांसदले सिफारिसबिना नै रातो पासपोर्ट लिएका छन्। कतिपयले परराष्ट्रले मागेको विवरणबिना नै रातो पासपोर्ट लिएका छन्। प्रतिनिधिस...

मेलम्ची खानेपानीको ठेक्का तोड्न सरकारलाई बाटो खुल्यो

काठमाडौं,२३ माघ । मेलम्ची खानेपानी खायोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब९ कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।   आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा सीएमसी मौन बसेपछि पुरानो ठेक्का विधिवत तोडिन लागेको हो । ...

आज आँबुखैरेनी सांस्कृतिक महोत्सवमा काउली बुढी र गायिका सहिमा श्रेष्ठको प्रस्तुती रहने

आज आँबुखैरेनी सांस्कृतिक महोत्सवमा काउली बुढी र गायिका सहिमा श्रेष्ठको प्रस्तुती रहने
आँबुखैरेनी, २२ माघ । आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु दर्शकको मुख्य आकर्षण बनेको छ । विभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, नृत्य प्रतियोगिता, हास्य ब्याङ्ग, कौरा नृत्य लगाएतका कारण महोत्सव स्थलमा दिन प्रतिदिन दर्शकहरुको चाप बढ्दै गएको हो । दर्शकहरुले बढी रुचाईएका चर्चित पप गायक कमल खत्री, सुनिल गिरी, लोकदोहोरी गायक पशुपति शर्मा लगाएतका कलाकारहरुको प्रस्तुतीका कारण महोत्सवको रौनक झन बढेको महोत्सवका प्रवक्ता मिलन...

तामाङ समुदायले आज सोनाम ल्होछार मनाइदैँ, प्रदेश ३ मा सार्वजनिक बिदा

काठमाडौं, २२ माघ  । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । ल्होसारका १२ वटै व...

पूर्वमन्त्री नौपानेसहित १४ विरुद्ध साढे ३१ करोड बिगो मागसहित विशेषमा भ्रष्टाचार मुद्दा

  काठमाडौँ,२२ माघ । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो मागसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । न्यौपानेसहित समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव ...

आजको पत्रपत्रिकामा विज्ञापनमा गल्ती भए पाँच वर्ष कैद

काठमाडौं,२२ माघ । मंगलबार प्रकाशित पत्रपत्रिकाले फरक–फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध, पूर्वमन्त्रीद्वयलाई भ्रष्टाचार मुद्दा, नेकपा एकीकरण, विकास निर्माणका आयोजनामा भइरहेको ढिलासुस्ती र अनियमितता लगायतका खबरहरु पत्रपत्रिकाले आ–आफ्नो प्राथमिकतामा विभिन्न शीर्षकमा प्रकाशित गरेका छन् । गोरखापत्रले ‘आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनु हुँदैन’ शीर्षकमा गोरखापत्रले लेखेको छ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचि...

व्याजदर बृद्धि प्रति उद्योग बाणिज्य संघ चितवनको गम्भिर ध्यानाकर्षण

व्याजदर बृद्धि प्रति उद्योग बाणिज्य संघ चितवनको गम्भिर ध्यानाकर्षण
चितवन, २१ माघ । बैंक तथा बित्तिय सस्थामा एकतर्फी भएको व्याजदर बृद्दी प्रति उद्योग बाणिज्य संघ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर अत्याधिक बृद्दी हुदा उद्योग ब्यबसाय क्षेत्रमा लागत मूल्य बृद्दी भएको संघले बताएको छ । आज एक बिज्ञप्ति जारि गर्दै बैंक तथा बित्तिय सस्थाले व्याजदर बृद्दीलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिवद्दता कार्यान्वन नगरी एकतर्फी रुपमा बढाएको संघले आरोप लगाएको छ । “चर्को ब्याजदर बृद्दिका कारण निजि क्षेत्रबाट निर्माणाधीन परियोजना...

नगरप्रमुख र वडाअध्यक्षले नै विजुली चोरेपछि ….

नगरप्रमुख र वडाअध्यक्षले नै विजुली चोरेपछि ….
रौतहट,२१ माघ । रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेका पाइएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले प्रमुख श्यामप्रसाद यादव (ग्राहक नं. ००८.१३.०१) र वडा नम्बर( ६का वडाध्यक्ष रामसिंहासन यादव (ग्राहक नं. ०७.२०.०३ ए) र गरुडा नगरपालिका( १ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं. १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेलापारेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षे...

स्वदेश फर्किएका नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत

स्वदेश फर्किएका नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत
काठमाडौँ, २१ माघ । युएईविरुद्ध एकदिवसीय र टी -२० शृंखला जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको हो । विमानस्थलमा ओर्लिएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमै ओडिआई इन्टरनेशनल म्याच गराउने गरी अघि बढ्नुपर्ने बताए । ऐतिहासिक दुवै श्रृंखला विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस...