देश / समाज

चितवन प्रशासनको चेतावनी : होलीको नाममा उछृङ्खल गतिविधि गर्नेलाई नछाड्ने

चितवन प्रशासनको चेतावनी :  होलीको नाममा उछृङ्खल गतिविधि   गर्नेलाई नछाड्ने
चितवन, ४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले होलीको अवसरमा उछृङ्खल कार्य गर्नेहरुलाई कारबाही गरिने चेतावनी दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै होली पर्व मनाउने नाममा विभिन्न उछृङ्ंखल क्रियाकलाप गरि सर्वसाधरणलाई दुःख दिने कार्य गरेमा कारबाही गरिने चेतावनी दिएका हुन् । “ विज्ञप्तीमा भनिएका छ, होली पर्व मनाउने नाममा विभिन्न उछृङ्खल क्रियाकलाप गरि सर्वसाधरणलाई दुःख दिने कार्य गरेको गुनासो आएकोले स्थानिय प्रशासनको ध्यानाकर्षण भएको छ । तसर्थ आफ्नो सामाजिक मूल्य मान्यता र परम्...

सेतीदेवी सावउसद्धारा क्यान्सर पीडित महिलालाई निःशुल्क उपचार

सेतीदेवी सावउसद्धारा क्यान्सर पीडित महिलालाई निःशुल्क उपचार
भरतपुर,३ चैत ।  भरतपुर महानगरपालिका( १६ शरणपुर स्थित सेतीदेवी सावउसको आयोजनामा महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिपि कोइराला क्यान्सर अस्पतालको सहयोगमा ७० जना महिलाको पाठेघर तथा स्तन क्यान्सर र यौन समस्याका बारेमा जाँच गरिएको सवउसले ज्ञानेश्वर मिडियालाई जानकारी दिएको छ । बिपि कोइराला क्यान्सर अस्पतालका विशेषज्ञ डाक्टर एवं नर्सहरूद्धारा महिलाको स्वास्थ्य जाँच गरिएको थियो । सामुदायिक वनले उक्त काम गरेपछि जनस्तरमा वनको च...

फोनिज प्रदेश ३ को अध्यक्षमा पेमा लामा, कार्यसमितिमा इच्छाकामनाका विनोद श्रेष्ठ चयन

चितवन,२ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश ३ को प्रथम महाधिवेशनबाट पेमा लामाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ। शुक्रवार राति नुवाकोटमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु दिम्दुङ, महासचिव सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङवा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पुर्णभक्त दुवाललाई सर्वसम्मत चयन गरेको हो। अधिवेशनले २० सदस्यीय समिति निर्वाचित गरेको छ। अधिवेशनबाट चितवनको चितवनबाट कार्य ...

चौबिसकोठीमा बृहत् सडक कविता वाचन कार्यक्रम सम्पन्न

चौबिसकोठीमा बृहत् सडक कविता वाचन कार्यक्रम सम्पन्न
चितवन, २ चैत्र । वि.स.२०४६को आन्दोलनको समयमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहालीको निम्ति सडक कविता वाचन कार्यक्रममा नेपाली साहित्यकारहरू पारिजात ,हरिगोविन्द लुइँटेल ,खगेन्द्र सङ्ग्रौला,ध्रुवचन्द्र गौतम,नारायण ढकाल,राजेन्द्र महर्जन लगायतका स्रष्टाहरूलाई तत्कालीन राज्य सत्ताले गरेको चरम प्रहरी दमनको सम्झना स्वरूप सिर्जना चैत्र ३ को अवसर पारेर भरतपुर चितवनको चौबिसकोठीमा बृहत् सडक कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ चितवनको आयोजनामा सम्पन्न ...

नियमित मर्मत सम्भारका लागि मनकामना केवलकार दुई दिन बन्द हुने

कुरिनटार, २८ फागुन । देशकै पहिलो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । ‘हरेक चार–चार महिनामा केवलकार मर्मत सम्भार गर्ने गरेको कायस्थले बताउनुभयो । नियमित मर्मत सम्भारपछि शनिबारबाट पुन केबलकार संचालनमा आउने छ । मनकामना केवलकारबाट दैनिक करिब ५ हजारको हाराहारीमा यात्रु आवतजावत गर्ने गर्दछन् ।

पर्यटन प्रवद्र्धनमा उद्योग वाणिज्य संघ चितवन, नियमित बैठक इच्छाकामनामा (फोटो फिचर)

पर्यटन प्रवद्र्धनमा उद्योग वाणिज्य संघ चितवन, नियमित बैठक इच्छाकामनामा (फोटो फिचर)
इच्छाकामना , २८ फागुन । उद्योग वाणिज्य संघ चितवनको बैठक इच्छाकामनामा सम्पन्न भएको छ । पर्यटकीय क्षेत्रको प्रचार प्रसार समेत गर्ने उदेश्यका कार्य समितिको १५ औँ नियमित बैठक सोमबार चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको एतिहासिक पवित्र पर्यटकीय धामिर्क स्थल इच्छाकामना मन्दिर परिषरमा सम्पन्न गरेको हो । चितवनको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने अभियान अन्तरगत एतिहासिक धार्मिक महत्व बोकेको इच्छाकामना मन्दिरमा बैठकको आयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन...

पत्रकार ऋषि धमलाको कार दुर्घटना, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं,२६ फागुन । पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् ।आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो । दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् । अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो । कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् । सामान्य घा...

नेपालमा बैदेशिक अनुदान र ऋण घट्दै

नेपालमा बैदेशिक अनुदान र ऋण घट्दै
काठमाडौं,२६ फागुन । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो । अर्थमन्त्रीले दात...

मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड बढी खर्च

गोरखा, २६ फागुन । गोरखाको सहिद लखन गाउँपालिका २ स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुर्ननिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोकालगायतमा सुनको...

पर्यटन वर्ष २०२० सफल बनाउन चितवनका जनप्रतिनिधिहरुद्वारा त्रिशुली नदीमा ¥याफ्टिङ

चितवन २३ फागुन । चितवनको पर्यटकीय क्षेत्रको प्रचारसंगै पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन चितवनका सरोकारवालाले त्रिशुली नदीमा ¥याफ्टिङ गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा चितवनका जनप्रतिनिधि, व्यवसायीहरुले नदीमा ¥याफ्टिङ गरेका हुन् । चितवनमा पर्यटकीय क्षेत्र धेरै छन् भन्नको लागि यस्तो कार्यक्रमले धेरै मद्दत गर्ने ३ नं। प्रदेश सांसद कृष्णप्रसाद खनालले बताउनु भयो । ‘जलयात्रा गर्नको लागि चितवनमा राम्रो स्थान छ, त्रिशुली नदी यसको एउटा उदाहरण हो ’ उहाले भन्नु भयो ‘क...