कुरिनटार, २८ फागुन । देशकै पहिलो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो ।

‘हरेक चार–चार महिनामा केवलकार मर्मत सम्भार गर्ने गरेको कायस्थले बताउनुभयो । नियमित मर्मत सम्भारपछि शनिबारबाट पुन केबलकार संचालनमा आउने छ ।
मनकामना केवलकारबाट दैनिक करिब ५ हजारको हाराहारीमा यात्रु आवतजावत गर्ने गर्दछन् ।