चितवन, ४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले होलीको अवसरमा उछृङ्खल कार्य गर्नेहरुलाई कारबाही गरिने चेतावनी दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै होली पर्व मनाउने नाममा विभिन्न उछृङ्ंखल क्रियाकलाप गरि सर्वसाधरणलाई दुःख दिने कार्य गरेमा कारबाही गरिने चेतावनी दिएका हुन् ।
“ विज्ञप्तीमा भनिएका छ, होली पर्व मनाउने नाममा विभिन्न उछृङ्खल क्रियाकलाप गरि सर्वसाधरणलाई दुःख दिने कार्य गरेको गुनासो आएकोले स्थानिय प्रशासनको ध्यानाकर्षण भएको छ । तसर्थ आफ्नो सामाजिक मूल्य मान्यता र परम्परालाई निरन्तरता दिने , आपसी आत्मीयता, भाइचारा, एंव रीतिरिवाज तथा मनारेञ्जनात्मक बनाउने खालको बाहेक कसैलाई इच्छा विपरित लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरि अवाञ्छित, उछृङ्खल एंव गैरकानुनी क्रियाकलाप गरि शान्ति शुरक्षा खलल पर्ने किसिमका गतिविधिहरु नगर्न नगराउन हुन सम्बन्धित सबैमा सुचित गरिन्छ । ”। विज्ञप्तिमा इच्छाविपरित जबरजस्ती होली दल्ने, पानी हान्ने, सार्वजनिक स्थानहरुमा अश्लिल गतिविधि देखाउनेलाई कारबाही गरिने जनाइएको छ ।

काम विशेषले बाटोमा हिडडुल गर्ने मानिसहरुलाई अवरोध गरेमा र रंगमा हानिकारक रसायन तथा वस्तुहरु मिसाएमा प्रहरी चुप नलाग्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै प्रहरीले होली पर्वलाई उल्लासमय, मर्या्दित र अनुशासित बनाउन सबैमा अनुरोध पनि गरेको छ ।

साथै ऐन नियम विपरित कसैले अवाञ्छित उछृङ्खल गतिविधि गरेमा कानुन बमोजिक कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

हेरौँ पुरा विज्ञप्ती