इच्छाकामना , २८ फागुन । उद्योग वाणिज्य संघ चितवनको बैठक इच्छाकामनामा सम्पन्न भएको छ । पर्यटकीय क्षेत्रको प्रचार प्रसार समेत गर्ने उदेश्यका कार्य समितिको १५ औँ नियमित बैठक सोमबार चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको एतिहासिक पवित्र पर्यटकीय धामिर्क स्थल इच्छाकामना मन्दिर परिषरमा सम्पन्न गरेको हो ।
चितवनको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने अभियान अन्तरगत एतिहासिक धार्मिक महत्व बोकेको इच्छाकामना मन्दिरमा बैठकको आयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो । अध्यक्ष प्रधानले उद्योग वाणिज्य संघ चितवनको कार्यसमितिको बैठक यहाँ बस्दा अन्य संघसंस्था र अभियानताहरुलाई पनि मन्दिर सम्म आउने र प्रवद्र्धनमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
“ निजि क्षेत्रबाट पनि पर्यटकीय स्थलहरुको प्रवद्र्धन र विकासमा सहयोग पु¥याउने उदेश्यले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छौँ, धार्मिक दृष्टिकोणले एतिहासिक महत्व बोकेको यस इच्छाकामना मन्दिरको प्रवद्र्धन हुन सकिरहेको छैन, यसै सन्दर्भमा एतिहासिक महत्व बोकेको यस इच्छाकामना मन्दिरको प्रचार प्रसार गरि प्रवद्र्धन र विकासमा टेवा पु¥याउने उद्योग वाणिज्य संघ चितवनको मुख्य उदेश्य हो, यहाँ बैठक राख्दा अन्य संघसंस्था तथा अभियानताहरुलाई मन्दिरमा आउने र प्रवद्र्धनका लागि प्रेरणा मल्निे विश्वास लिएको छ ।, अध्यक्ष प्रधानले भन्नुभयो । ”


कार्य समितिका सदस्य चन्द्रमणी सापकोटाले इच्छाकामना गाउँपालिकामा पर्यटकीय विकासको सम्भावना रहेको बताउनुभयो । यसको विकास र प्रवद्र्धनका लागि स्थानीय तह र निजि क्षेत्रले सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उचित प्रचार प्रसारको अभावले मनकामना माताको दीदी–बहिनी मध्ये एक मानिने यस इच्छाकामनामा सोचेजती भक्तजनहरु आउन नसकेको बताउनुभयो । इच्छाकामना मन्दिरबाट हिमालका दृष्य र चितवनको तराईफाँटको अवलोकन समेत गर्न सकिने भएकोले पर्यटकहरुलाई आकर्षित बनाउने सापकोटाको भनाईछ ।
यसैबीच इच्छाकामना उद्योग वाणिज्य संघ इकाई तथा स्थानिय व्यावसायीहरुसंग पनि अन्र्तकृया गरिएको छ । इच्छाकामनामा रहेको महत्वपूर्ण पर्यकीय स्थलको कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।


इच्छाकामना उद्योग वाणिज्यसंघ इकाइका अध्यक्ष कल्याण गुभाजु लगायतको सहभागीतामा अन्र्तकृया कार्य सम्पन्न भएको हो । इच्छाकामनाका उद्योग वाणिज्य संघ इकाइका अध्यक्ष कल्याण गुभाजुले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।
धर्मिक स्थल मात्र नभएर यहाँका प्राकृति सौन्दर्यले अन्य पर्यटहरुलाई लोभ्याउने इकाईका सचिव कुमार श्रेष्ठले बताउनुभयो । यहाँ चितवनको समथर भुभागको दृष्य धादिङ गोरखा तनहुँको रमणीय दृष्य तथा हिमश्रृंखलाहरुको देख्न सकिने श्रेष्ठले बताउनुभयो । प्रचार प्रसारमा सबै एकजुट लाग्नु पर्ने उहाँको भनाईछ ।

बैठक अघि उनिहरुले इच्छाकामना मन्दिरको दर्शन गरेका थिए । चितवनको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि उद्योग वाणिज्यसंघ चितवनले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन् ।
इच्छाकामना मन्दिर पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ फिस्लिङबाट २ घण्टामा मोटरबाटो हुदैँ पुग्न सकिन्छ । गोरखाको मनकामनामा रहेको मनकामना माताको दिदी बहिनी मध्ये एक रहेको किवंद्धन्ती रहेको छ । श्रदालु भक्तजनहरुले इच्छाएको पुरा गरिदिने भएकाले इच्छाकामना माता नाम रहन गएको धार्मिक विश्वास रहेको छ ।