चितवन, २ चैत्र । वि.स.२०४६को आन्दोलनको समयमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहालीको निम्ति सडक कविता वाचन कार्यक्रममा नेपाली साहित्यकारहरू पारिजात ,हरिगोविन्द लुइँटेल ,खगेन्द्र सङ्ग्रौला,ध्रुवचन्द्र गौतम,नारायण ढकाल,राजेन्द्र महर्जन लगायतका स्रष्टाहरूलाई तत्कालीन राज्य सत्ताले गरेको चरम प्रहरी दमनको सम्झना स्वरूप सिर्जना चैत्र ३ को अवसर पारेर भरतपुर चितवनको चौबिसकोठीमा बृहत् सडक कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ चितवनको आयोजनामा सम्पन्न कार्यक्रम दिउँसो ४ बजेबाट सञ्चालन भएको थियो।
प्रगतिशील लेखक संघ चितवनका सचिव प्रकाशबाबु खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रमको औचित्यको बारेमा प्रगतिशिील लेखक संघका केन्द्रीय सचिव सरिता तिवारीले प्रकाश पार्नु भएको थियो।
साँझ ७ बजे सम्म सञ्चालन भएको कार्यक्रममा कवि एवम् साहित्यकारहरू होमनाथ सापकोटा ,डा.एकनारायण पौडेल,उदय अधिकारी , राजेन्द्र घायल, बालकृष्ण थपलिया, भूपिन ,विनोद अनुज,रमाकान्त सापकोटा ,कृष्ण सुदामा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आफ्ना सिर्जना मार्फत कविहरू नमुना शर्मा,सुरेन्द्र अस्तफल,रामहरि श्रेष्ठ ,इन्द्र रेग्मी ,सरिता तिवारी,डि.आर पोख्रेल,डा.धनेश्वर भट्टराई , प्रकाश चापागाईं,डिल्लीराम बराल,उदय रेग्मी,पूर्णबहादुर अधिकारी ,अम्बिका मुडबरी,बिद्या भण्डारी चिराग,उजिरसिंह राना,लीला दाहाल,हरिप्रिया रिजाल,अम्बिका कार्की,बासु वाग्ले,मीरा बराल,विकास
बराल,पुरुषोत्तम आचार्य,प्रकाशचन्द्र नेपाली,विरेन्द्र रतोकी,रञ्जना लिम्बू,मोदनाथ मरहट्टा,प्रभा मरहट्टा,इन्दिरा देवकोटा,सुप्रदीप्ति भण्डारी ,तिर्सना सापकोटा ,अमृता रामदाम,सरोज पाठक सुमन,राजु आचार्य दीप,प्रकाशबाबु खनाल,कृष्णप्रसाद भुसाल ,गुराँस ठकुरी,गंगा सुवेदी,प्रेम सापकोटा र विपिन पाठकले आफ्ना रचना मार्फत सबैलाई जाग्नुपर्ने र सत्तामा हुनेहरूलाई जनमुखी काम गर्न खबरदारी गरेको थियो। १५० भन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रम प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष विपिन पाठकको सभाध्यक्षतामा सम्पन भएको थियो।