देश / समाज

सिलिण्डर पड्किएर चार जनाको मृत्यु

सिलिण्डर पड्किएर चार जनाको मृत्यु
सिन्धुपाल्चोक ,११ चैत । । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्...

मेयर नारायण वनद्वारा कयर खोलामा छ्डके अनुगमन

मेयर नारायण  वनद्वारा कयर खोलामा  छ्डके अनुगमन
रत्ननगर ११ चैत । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सोमवार कयर खोलामा छडके अनुगमन गरेका छन । कयर खोलाबाट ढुंगा र गिट्टीको चोरी निकारी हुन नदिन मेयर वनले छडके अनुगमन गरेका हुन । रत्ननगर र खैरहनी नगरपालिकाले सयुक्त रुपमा राजश्य संकलन गर्ने गरी यही चैत ३ गतेदेखि कयर खोलाबाट ढुंगा र गिट्टी निकासी खुल्ला गरेका छन । विगतमा ढुंगा र गिट्टीको अबैध चोरी निकासी बढेपछि विगतको नियती दोहोरिन नदिन नियमित अनुमगन थालिएको छ । कयर खोला अनुमगन समितिका संयोजक समेत रहेको मेयर वनले ढुंगा र गिट्टी...

पौडी खेल्दा भद्रकाली माविका एसइइ विद्यार्थी त्रिशुलीमा बेपत्ता

पौडी खेल्दा भद्रकाली माविका एसइइ विद्यार्थी त्रिशुलीमा बेपत्ता
गोरखा,११ चैत । पौडी खेल्ने क्रममा एसइइका गोरखाको घ्याल्चोक स्थित परीक्षार्थी कमल चेपाङ त्रिशुली नदीमा वेपत्ता भएको छ । गोरखाको गण्डकी गाउँपालिका स्थित भद्रकाली माध्यमिक विद्यालयका विद्यार्थी चेपाङ सोमवार दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएको घ्याल्चोकका स्थानीय दिपक तिमल्सीनाले जानकारी दिए । त्रिशुली नदीमा वेपत्ता चेपाङ खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुरमा आँखा बैंक सञ्चालन हुने

भरतपुरमा आँखा बैंक सञ्चालन हुने
चितवन, ११ चैत । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित चितवनको भरतपुर आँखा अस्पतालले आँखा बैंक स्थापनाको तयारी सुरु गरेको छ । वार्षिक साढे एक लाख भन्दा बढी बिरामीलाई सेवा पु¥याउँदै आएको भरतपुर आँखा अस्पतालले आँखाको नानी संकलन र प्रत्यारोपण सुरु गरेसँगै आँखा बैंक स्थापनाको तयारी थालेको हो । अस्पताले यस वर्ष चार जनाको आँखाको नानी संकलन गरेर काठमाडौँको तिलगंगा आँखा अस्पतालमा पठाएको तथा आँखा बैंकबाट आँखाको नानी ल्याएर ५५ जनामा प्रत्यारोपण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी...

विप्लवका समूहका ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ

काठमाडौँ ,११ चैत । सरकारले प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ९पुष्कर० आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका छन् । काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।

एसइई परीक्षामा इच्छाकामनाबाट २९३ जना विद्याथी सामेल,दुई परिक्षा केन्द्र

एसइई परीक्षामा इच्छाकामनाबाट २९३ जना विद्याथी सामेल,दुई परिक्षा केन्द्र
कुरिनटार, १० चैत । आज देखि विद्यालय तहको महत्वपूर्ण एसइई परीक्षा विहान ८ बजेबाट शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस बर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ जना परीक्षार्थी सहभागी भएका छन् ।विद्यार्थीहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा दिईरहेका छन् । यसैबीच चितवनको ४२ केन्द्रबाट एघार हजार दुई सय ५४ जनाले सहभागीता जनाएका छन् ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाबाट भने २९३ जना परी...

आज देखि एसइई परीक्षा शुरु,चार लाख ७५ हजार तीन परीक्षार्थी परिक्षमा सामेल

आज देखि एसइई परीक्षा शुरु,चार लाख ७५ हजार तीन परीक्षार्थी परिक्षमा सामेल
काठमाडौँ, १० चैत । आज देखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र ...

शान्ति प्रक्रियाका नायक गिरिजा बाबुको आज नवौं स्मृति दिवस मनाइदै

शान्ति प्रक्रियाका नायक गिरिजा बाबुको आज नवौं स्मृति दिवस मनाइदै
काठमाडौँ ७ चैत । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो । कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो । उहाँले १० वर्षसम्म युद्धमा रहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउने अगुवाइ गर्नुभयो । शान्ति सम्झौता गर्नुभयो र मुलुकमा शान्ति स्थापना गर्न महत्वपूर्ण निर्णय गर्नुभयो । नेपाली राजनीतिमा उह...

आज हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ फागु पर्व मनाइँदै

काठमाडौँ, ६ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बुधबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फ...

मुग्लिन नजिकैबाट ट्रक खस्यो १ को मृत्यु, दुई विद्यार्थीसहित ४ घाईते

मुग्लिन नजिकैबाट ट्रक खस्यो १ को मृत्यु, दुई विद्यार्थीसहित ४ घाईते
चितवन, ५ चैत । चितवनको मुग्लिन बजार नजिकै ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आज विहान ७ः१५ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक सडकबाट करिव  १ सय  मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । यस्तै घाईते चार जनाको उद्धार गरी भरतपुर लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा ट्रक चालक चितवनको माडी नगरपालिका–१ बस्ने वर्ष ४० का संजय कु...