शिक्षा/स्वास्थ्य

विश्वभर कोरोनाको संक्रमण बढ्न थालेपपछि स्वदेश फर्कन थाले नेपाली

विश्वभर कोरोनाको संक्रमण बढ्न थालेपपछि स्वदेश फर्कन थाले नेपाली
काठमाडौँ :  श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले अध्यागमन क्षेत्रबाटै कतिपय नेपालीलाई फर्काएका छन् । संक्रमित देशबाट नेपाल फर्कने क्रम बढेसँगै नेपाल सरकारले पनि केही श्रम गन्तव्य जान रोक लगाउने तयारी गरेको छ । आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले खबर लेखेका छन् ।

प्रधानमन्त्री ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गौला प्रत्यारोपण
काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्। प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएपछि उनले भोलि अस्पताल भर्ना हुने जानकारी गराएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुनेछ,’ उनले भने, ‘बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।’

स्थापनाको २६ औँ बर्षमा विद्यालयले मनाए पहिलो पटक बार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर सहित )

स्थापनाको २६ औँ बर्षमा विद्यालयले मनाए पहिलो पटक  बार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर सहित )
हीरालाल गुरुङ मुग्लिन,१७ फागुन । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभुतविद्यालयमा पहिलो पटक शुक्रबार विद्यालय प्रांगणमा अभिभावकहरुले भरिए । स्थापनाको २६ औँ बर्षपछि विद्यालयको प्रांगणमा अभिभावकहरु एक साथ उपस्थित भएको यो पहिलो पटक हो । पहिलोपटक विद्यालयको प्रांगण पनि सिंगारिएको थियो । चेपाङ बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिले सम्म बार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर बहादुर चेपाङले बताउनुभयो । ...

नेपालमा कोरोनाका बिरामी भेटिए उपचार गर्ने आइसियू छैन

नेपालमा कोरोनाका बिरामी भेटिए उपचार गर्ने आइसियू छैन
काठमाडौं :  कोरोना भाइरसको संक्रमण विश्वव्यापी चुनौती बनेको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना नेपालीको उल्लेख्य उपस्थिति भएका मुलुकसम्म पुगिसकेको छ । ४० हजारभन्दा बढी नेपाली रहेको दक्षिण कोरियामा कोभिड–१९ का बिरामी तीव्रदरमा बढिरहेका छन् । तर, नेपालमा संक्रमित भेटिँदा वा बाहिरबाट ल्याउनुपर्दा उपचार गर्ने आइसियू बेड छैनन् । सरकारले टेकु, पाटन, वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा बस्न ११ माघमै निर्देशन दिएको थियो । ...

चीनले पत्ता लगायो कोरोना भाइरसको भ्याक्सिन

चीनले पत्ता लगायो कोरोना भाइरसको भ्याक्सिन
  काठमाडौं  : पछिल्लो समय विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस ९कोभिड १९० विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ। चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको हो। उनी आफैँले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए। सो क्रममा उनमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ। साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्र...

यी तीन कम्पनीका गुणस्तरहीन औषधि बजारमा, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

यी तीन कम्पनीका गुणस्तरहीन औषधि बजारमा, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं :  तीन वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स प्राइभेट लिमिटेड, वीरगञ्जले उत्पादन गरेको ल्याकोफिट वोइल रेगुलेटर १०० ग्राम गुणस्तरहीन भेटिएको हो । त्यस्तै, आरोग्य भवन...

इच्छाकामना ३ कुरिनघाटमा आखाँ जाँच शिविर : ४२ जनाले लिए सेवा

इच्छाकामना ३ कुरिनघाटमा आखाँ जाँच शिविर : ४२ जनाले लिए सेवा
कुरिनघाट :  इच्छाकामना ३ कुरिनघाटमा एक दिने आखाँ जाँच शिविर सम्पन्न भएको छ । मनकामना पोलिक्लिनिक कुरिनघाटले आयोजना गरेको उक्त शिविरमा ४२ जनाले सेवा लिएका छन् । शिविरमा आँखाको नि ः शुल्क जाँच गरिएको थियो भने बिरामीलाई औषधी र चश्मा सुपथ मुल्यमा उपलब्ध गराइएको मनकामना पोलिक्लिनिक कुरिनघाटले जनाएको छ ।

आर्थिक अभावका कारण मृगौला पीडित सुकमाया गुरुङको उपचारमा समस्या , सहयोगको अपिल

आर्थिक अभावका कारण  मृगौला पीडित  सुकमाया गुरुङको उपचारमा समस्या ,  सहयोगको अपिल
राम बहादुर धामी तनहुँ,१२  फागुन   । भानु नगरपालिका वडा न ३ की ३६ बर्षिया सुकमाया गुरुङको दुईवटै मृगौला फेल भएर पुरानो मेडिकल कलेज भरतपुर चितवन अस्पतालकाे २०१ नम्बर बेडमा २०७३ साल देखि नियमित डायलाईसिस गर्दै आउनु भएको छ।परिवारको सदस्यहरु अरु कोहि पनि नभएको र श्रीमान वैदेशिक रोजगारि को सिलसिलामा बाहिर रहेको हुँदा श्रीमान ले पठाइएको रकम र माईतितिरको आफन्तले गरेको सहयोग ले उपचाररत उनी भुकम्प पीडित समेत हुन्।उनको आफ्नो घर समेत छैन । दुबै मृगौला फेल भएपछि फेर्नको लागि लाग्...

खरिपाटी क्वारेन्टाइनमा रहेका सबै स्वस्थ, कसैलाई पनि कोरोना देखिएन

खरिपाटी क्वारेन्टाइनमा रहेका सबै स्वस्थ, कसैलाई पनि कोरोना देखिएन
काठमाडौं :  चीनबाट उद्धार गरि ल्याएका सबै स्वस्थ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका १७५ जना नै स्वस्थ रहेका छन्। चीनको वुहानबाट उद्धार गरी ल्याइएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ हो । क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्याकल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो। उनीहरु नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

चीनबाट फर्किए १७५ जना नेपाली १० जना चीनमै रोकिए

चीनबाट फर्किए १७५ जना नेपाली १० जना चीनमै रोकिए
काठमाडौंः नोवल कोरोना भाइरसको माहामारी फैलिएको चीनको हुबेई प्रान्तबाट १७५ नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट आइतबार विहान करिव साढे तीन बजेतिर काठमाडौंमा ल्याइएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रुमेम्बर, एक इन्...