राम बहादुर धामी

तनहुँ,१२  फागुन   । भानु नगरपालिका वडा न ३ की ३६ बर्षिया सुकमाया गुरुङको दुईवटै मृगौला फेल भएर पुरानो मेडिकल कलेज भरतपुर चितवन अस्पतालकाे २०१ नम्बर बेडमा २०७३ साल देखि नियमित डायलाईसिस गर्दै आउनु भएको छ।परिवारको सदस्यहरु अरु कोहि पनि नभएको र श्रीमान वैदेशिक रोजगारि को सिलसिलामा बाहिर रहेको हुँदा श्रीमान ले पठाइएको रकम र माईतितिरको आफन्तले गरेको सहयोग ले उपचाररत उनी भुकम्प पीडित समेत हुन्।उनको आफ्नो घर समेत छैन । दुबै मृगौला फेल भएपछि फेर्नको लागि लाग्ने रकम अभावमा हालसम्म उपचारका लागि भौतारिरहेको र यदि घर परिवार बाट दिन चाहेमा भने अलि खर्च कम लाग्ने बताइएको छ।थप उपचार गर्न समेतलाई रकम नभएको र अर्थिक अवस्था पनि एकदमै नाजुक रहेको हुँदा परिवारका सदस्यले सहयोगको अपेक्षा गरेका छन् ।
तपाई हामी सबै मिलेर आफुले खर्च गर्ने बाट थोरै रकम भएपनि छुट्टाएर दिन सकियो भने पक्कै पनि उहाले नया जीवन पाउनु हुने छ कि भन्ने हामीले बिस्वास लिएका छौ। सहयोगको लागी प्राईम बैंक को भरतपुर शाखामा रहेको खाता न ००३०००५२१y सुक माया गुरुङको खातामा सहयोग रकम राख्न सक्नुहुनेछ छ भने अन्य थप विवरणको लागि भानु २ स्थित सुन्दर प्राथमिक बिद्यालय गोठेरीका शिक्षिका लक्ष्मी त्रिपाठी को मोबाइल नम्बर ९८४५५५१२५३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।