शिक्षा/स्वास्थ्य

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो
काठमाण्डौ : चीनमा माहामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ । भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा...

चीनबाट फर्काइने नेपालीको लागि खरिपाटीमा दुईवटा भवन खाली गराइयो

चीनबाट फर्काइने नेपालीको लागि  खरिपाटीमा दुईवटा भवन खाली गराइयो
भक्तपुर :  चीनकोबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो । त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए । होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधि...

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालले दियो एक लाख मास्क

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालले दियो एक लाख मास्क
काठमाडौं  :कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालले एक लाख थान मास्क सहयोग गरेको छ ।मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । कोरोना भाइरससँग लडिरहेको चीनलाई साथ दिन मास्क सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगाय...

चीनमा कोरोना महामारी फैलिनु अघिनै त्यसको संकेत दिने डाक्टर लीको निधन

चीनमा कोरोना महामारी फैलिनु अघिनै त्यसको संकेत दिने डाक्टर लीको निधन
काठमाडौँ :  कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको निधन भएको छ। चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा निधन भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको निधन कोरोना भाइरसको संक्रमणको कारण भएको हो। जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए। यसप...

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ५० नाघ्यो, दैनिक तीन हजार बिरामी थपिँदै

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ५० नाघ्यो, दैनिक तीन हजार बिरामी थपिँदै
एजेन्सी  : कोरोना भाइरसका कारण  चीनमा  मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ।चीनको स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो ९बुधबार० मात्रै थप ७३ जनाको ज्यान गएको जनाएको छ। मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हीलोंगजियांग र एक गुइझोउ प्रान्तका रहेका छन्। चीनका ३१ प्रान्तमा हिजो मात्रै ३ हजार ६ सय ९४ जनामा थप संक्रमण भेटिएको छ। चीनबाहिर हङकङमा थप एक जना र फिलिपिन्समा एक जनाको मृत्यु भएको छ। नयाँ तथ्यांक अनुसार हङकङमा २१ जन...

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ५०० पुग्यो, हङकङमा १८ संक्रमित

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ५०० पुग्यो, हङकङमा १८ संक्रमित
एजेन्सी  :    महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा संक्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार पुष्टि गरेका थिए। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको मंगलबार मृत्यु भएको थियो। यस्तै, फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको...

नेपाली कांग्रेसले कोरोना प्रभावित चीनबाट उद्धार गरिएका हरुलाई भक्तपुरमा बस्न नदिने

नेपाली कांग्रेसले कोरोना प्रभावित चीनबाट उद्धार गरिएका हरुलाई भक्तपुरमा बस्न नदिने
काठमाडौँ — नेपाली कांग्रेसको भक्तपुर इकाईले भक्तपुरको कुनै पनि स्थानमा चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई राख्न नदिने चेतावनी दिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर-१, भक्तपुर क्षेत्रीय कार्यसमितिले बैठक नै राखेर नोवल कोरोना भाइरसको केन्द्रबाट उद्धार गरी ल्याइएका नेपालीलाई बोडेस्थित कृषि तालिम केन्द्र वा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न चेतावनी दिएको छ। 'आवश्यक तयारी नगरी र सो भाइरस सरुवा भएकोले यसको रोकथामको राम्रो प्रबन्ध नगरी ...

भयवह बन्दै कोरोना भाइरस : चीनमा २० हजारभन्दा बढी सङ्क्रमित, एकैदिन ६४ जनाको ज्यान गयो

भयवह बन्दै कोरोना भाइरस :  चीनमा २० हजारभन्दा बढी सङ्क्रमित, एकैदिन ६४ जनाको ज्यान गयो
काठमाण्डौ : कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।तीव्ररुपमा फैलिरहेको कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ । चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्या...

कोरोना भाइरसका लक्षणहरू यी हुन्

कोरोना भाइरसका लक्षणहरू यी हुन्
पछिल्लो समय  महामारीको मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा देखिएका लक्षणबारे जानकारी दिएको छ। त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी हुन्छ? यी सबै जानकारी उक्त जर्नलमा प्रकाशित गरेको छ। फोक्सोमा आक्रमण ९९ जना बिरामील...

भरतपुर अस्पतालमा कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई छुट्टै कक्ष

भरतपुर अस्पतालमा कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई छुट्टै कक्ष
चितवन,१८ माघ । छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार सुरु गरेको छ । उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच शय्याको छुट्टै कक्ष खडा गरी सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नका लागि आइसोलेसन वार्ड खडा गरी काम सुरु गरिएको छ । अस...